मोहन माविमा तालाबन्दी खुल्यो................
Advertise Here Book Now
नियमित रुपमा कक्षा संचालन हुने ः प्र.अ. ठाकुर
ऑनलाइन सिरहा डटकम ,२३ कार्तिक
राम नारायण पंडित,।
नियमित रुपमा कक्षा संचालनको माँग गर्दै सिरहाका मिर्चैयामा रहेको श्रीमोहन उच्च माबिमा तालाबन्दी गरेका बिद्यार्थीहरुको माँग सम्बोधन गरिएको छ । बिगत तीन महिनादेखि विभिन्न बाहाना बनाई बिद्यालयका प्र.अ. रामबृक्ष ठाकुर बिद्यालयमा अनुपस्ति भएपछि बिद्यालयको शैक्षिक स्थितिको साथै अन्य क्षेत्र पनि प्रभाबित भएको भन्दै बिद्यार्थीहरुले बिद्यालयमा बुधबार तालाबन्दी गरि नियमित रुपमा कक्षा संचालनको माँग गर्दै बिद्यालय प्रशासन बिरुद्ध चर्को नाराबाजी गरेका थिए । बिद्यार्थीहरुले बिद्यालयमा तालाबन्दी गरि नगरमा नाराबाजी गर्दै बिरोध र्याली गरेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाको पहलमा बिद्यालयका चार सदस्यी शिक्षकको टोली, बिद्यार्थी र प्रहरी प्रशासनबिच भएको छलफलमा बिद्यालयका प्र.अ. ठाकुरलाई कार्तिक २१ गते शुक्रबार बैठकमा उपस्थित गराउने भएको सहमति अनुसार प्र.अ. ठाकुर शुक्रबार बैठकमा सहभागी भएका थिए । शुक्रबार भएको बिद्यार्थी, शिक्षक, बुद्धिजिबि, प्रहरी, जिल्ला शिक्षा कार्यालय सिरहाका प्रतिनिधिबिच भएको छलफलमा प्र.अ. ठाकुरले आइतबार देखि नियमित रुपमा बिद्यालयमा पठनपाठन गराउने प्रतिबद्धता जनाएपछि बिद्यार्थीहरुले बिगत तीन दिनदेखि लगाएको ताला खोल्न सहमति जनाएका छन । छलफलमा १० दिन भित्र २ बर्षसम्मको लेखा अडिट गर्न पनि प्र.अ. ठाकुरले सहमति जनाएका हुन । त्यस्तै १० दिनसम्म बिद्यालयको सम्पुर्ण गतिबिधि संचालन गर्नको लागी बिद्यालयका शिक्षक पशुपति ठाकुरलाई निमित्त प्र.अ.का जिम्मा दिईएको छ । नियमित रुपमा कक्षा संचालनको माँग गर्दै विद्यालय प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि बिद्यालय प्रशासनले कुनै किसिमको चासो नदेखाएपछि आफुहरुलाई बाध्य भएर तालाबन्दी गर्नु परेको बिद्यार्थीहरुले बताए । बुधबार बिहान करीब ११ बजे बिद्यालयमा भेला भई मुल गेटमा तालाबन्दी गरि विद्यालय प्रशासन बिरुद्ध बिद्यार्थीहरुले चर्को नाराबाजी गरेका थिए । बिद्यालय परिसरबाट सुरु भएको बिरोध र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाको अगाडी सडकमा विद्यालय प्रशासन बिरुद्ध विद्यार्थीहरुले नाराबाजी गरेका थिए । प्रहरी कार्यालय मिर्चैया अगाडी विद्यार्थीहरुले नाराबाजी गरेपछि मिर्चैयाका प्रहरी निरिक्षक खतिबडाको पहलमा प्रहरी कार्यालय मिर्चैयाको परिसरमा बिद्यालयका शिक्षक प्रतिनिधिका ४ सदस्यी टोली, प्रहरी प्रशासन र बिद्यार्थीहरबिच छलफल भएको थियो । छलफलमा विद्यालय प्रशासन, बिद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायतका सहभागीता रहेका थिए । विद्यार्थीहरुले विद्यालय प्रशासन मुर्दाबाद, बिद्यालयमा नियमित पठनपाठन गर, प्र.अ. ठाकुर मुर्दाबाद, भ्रष्टाचार अन्त्य गर, विद्यालयलाई राजनितिक मुक्त गर, विद्यार्थीको भबिष्य अन्यौलमा नपार लगायतका नाराहरु लागाएका थिए । उक्त नाराबाजीको क्रम्मा विद्यार्थीहरुले नियमित पठनपाठन गर लेखिएका प्ले कार्डहरु पनि बोकि बिद्यालय प्रशासन बिरुद्ध चर्को नाराबाजी गरेका थिए । ईलाका प्रहरी कार्यालय मिर्चैया अगाडी सडकमा बिद्यार्थीहरुले चर्को नाराबाजी गरेपछि झडपको स्थित समेत सिर्जना भएको थियो भने पुर्बपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयाको थाना चौकमा केहि समय सड्क पनि अबरुद्ध भएको थियो । विद्यालयमा केहि महिनादेखि चुलिएको बिबादका कारण विद्यार्थीहरुको भबिष्य अन्यौलमा परेको जनगुनासो रहेको छ । बिद्यालयको प्रशासनिकदेखि लिएर शौक्षिक, भौतिक, आर्थिक लगायतका क्षेत्रमा भएको मानीका
कारणले बिद्यार्थीहरुमा छाडापन देखा परेको अभिभाबकहरुको गुनासो रहेको छ । जसको कारणले एसएलसीमा पनि बिद्यालयको नतिजा दिनानुदिन खस्किँदों अबस्थमा रहेको बताईएको छ ।