१८औँ सार्क शिखर सम्मेलनमा रिर्पोटिङ गर्न स्वदेशी तथा विदेशी गरी ९१२ पत्रकारले पास लिए
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम – काठमाडौंमा हुने १८औँ सार्क शिखर सम्मेलनमा रिर्पोटिङ गर्न स्वदेशी तथा विदेशी गरी ९१२ पत्रकारले पास लिएका छन् । जसमा नेपालका धेरै छन् भन्ने अन्य मुलुकका कम छन् ।
सार्कका आठ देशबाहेक अन्य देशका पत्रकारले पनि रिर्पोटिङको पास लिएको सूचना विभागले जनाएको छ । एसियाली राष्ट्र अफगनिस्तानका १७ पत्रकारले पास लिएका छन् । बंगलादेशका १११ पत्रकारले पास लिएका छन् । यस्तै भुटानका दुईजनाले लिएका छन् । सार्क सदस्य नभएको चीनका तर्फबाट सिन्ह्वा र पिपुल्स डेलीका गरी दुई पत्रकारले पास लिएको सूचना विभागले जारी गरेको सूचनामा जनाइएको छ ।
एफपीका लागि जर्मनीबाट एक पत्रकार पनि रिर्पोटिङका लागि आएका छन् । बेलायतका पाँच पत्रकारले पास लिएका छन् भने भारतका १३८ पत्रकारले पास लिएका छन् । इटलीका एकजनाले पास लिँदा जापानका पाँच पत्रकारले पास लिए । उत्तर कोरियाले पनि एउटा पास लिएको छ । माल्दिभ्सका ६ पत्रकारले पास लिएका छन् । सार्कको आयोजक राष्ट्र नेपालका ५८३ पत्रकारले रिर्पोटिङ पास लिएका छन् । यसैगरी नर्वेबाट पनि एक पत्रकारले पास लिएका छन् ।
पाकिस्तानका ६ पत्रकारले पास लिँदा स्पेनका एक पत्रकारले पास लिएका छन् । यस्तै श्रीलंकाका १७, थाइल्यान्डका चार र अमेरिकाका चार पत्रकारले सार्क सम्मेलनको रिपोर्टिङका लागि पास लिएको विभागले जनाएको छ ।

