‘दिलवाले दुल्हनिया ले जाएंगे' ले बनायो नया रेकर्ड ! १९ वर्ष मनाउन सफल
Advertise Here Book Now
एक, दुई, आठ, स्रोर्ह या पचास । तपार्इँ गन्दा – गन्दा थाक्नु त भएन ? नथाक्नुहोस्, ‘दिलवाले दुल्हनिया ले जाएंगे ( डीडीएलजे)’ चलचित्रले १ हजार हप्ता अर्थात् १९ वर्ष मनाउन सफल भएको छ ।
आजभोलि एक हप्तामा ‘ब्लकवस्टर’ भनिएका चलचित्र पुरानो भई सक्छन् ।
सन् १९९५ देखि मुंबईको मराठा चलचित्र मन्दिरमा लगातार प्रदर्शन भइरहेको छ । एउटै चलचित्र हलमा धेरै दिनसम्म चलेको यो चलचित्रले ‘विश्वरेकर्ड’ बनाएको छ । यस वर्ष १२ डिसेम्बरमा चलचित्रले १ हजार हप्ता मनाउने भएको हो ।
‘बडे बडे सहरमा छोटी छोटी बात होती रहती’, ‘अगर किसी लड्की का नाम नहि पता हो तो उसे सैनोरिटा कहना चाहिए’ आदि जस्ता डायलग भएको सो चलचित्रले बजारमा निक्कै चर्चा कमाएको छ ।
डीडीएलजेले अमिताभ बच्चन अभिनित ‘शोले’लाई पछि पारेको छ ।
१ हजार हप्ता मनाएको अवसरमा अभिनेता शाहरुख खान र अभिनेत्री काजोल हाँस्यव्यङ्ग्य कार्यक्रम ‘कमेडी नाइट्स वीद कपिल’ मा देखा पर्ने भएका छन् ।