अख्यिारको कामकार्यवाही प्रति विद्यालयहरुको घोर आपत्ती
Advertise Here Book Now
रंजन भण्डारी
ऑनलाइन सिरहा डटकम/महोत्तरी,कार्तिक २४ गते । महोत्तरी लगायका ८ जिल्लाहरुमा अख्तियारले झोले विद्यालय भनी गरिएको कार्यवाही त्रुटीपुर्ण भएको सोनमा ,सम्सी र सुन्दरपुरका विद्यालयका शिक्षकहरुले आरोप लगाउदै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन । मधेशमा मात्र अख्तियारले अभियान संचालन गरेकोले पनि यो भेदभाव पुर्ण भएको आरोप लगाएका छन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा २०६४ पछिका सामुदायिक विद्यालयहरु माथि गरिएको कार्यवाहि साझ ४ बजे पछि र विदाको दिनमा गरिएको आरोप रा.प्रा.वि. सोनमाका श्रीराम साह,ने.रा.प्रा.वि. सोनमा ६ का उपेन्द्र कुमार यादब,किशोरी रामचन्द्र जनता प्रावि सुन्दरपुर ८, शिवनगरका विमलेश यादव र सरस्वती प्रावि सम्सीका राम प्रमोद यादवले प्रेस विज्ञप्तिमाजनाएका छन ।विद्यालयहरु झोले नभई पुर्ण रुपमा संचालनमा रहेको, संयुक्त परिक्षा समितिबाट प्रत्येक परिक्षामा प्रश्न पत्र लिएको,जिल्ला शिक्षा कार्यालय महोत्तरीबाट परिक्षाको बेला हेड काउटिंङ्ग हुदा पनि विद्यालय संचालनमा रहेको र विद्यार्थीको संख्यापनि रामा्रे भएको र उक्त हेड काउटिंङ्गको आधारमा विद्यार्थी संख्या अनुसार छात्रवृती,पाठयपुस्तक आदी जस्ता रकम जि.शि.का. महोत्तरीबाट विद्यालयमा पठाएतापनि उक्त रकम भ्रष्टाचार भएको भन्ने
आरोप लगाइएकोमा सो खेदपुर्ण भएको विज्ञप्तिमा जनाइएको छ ।

