दोस्रो सेमिफाइनलमा धनुषा विजयी
Advertise Here Book Now



रंजन भण्डारी

ऑनलाइन सिरहा डटकम /महोत्तरी,कार्तिक २४ गते ।  सिनियर क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको  जलेश्वर रंगशालामा भएको धनुषा र सर्लाही बिचको दोस्रो सेमिफाइलन खेल धनुषाले जितेर भोली हुने फाईनल खेलमा प्रवेश पाएको छ । टस जितेर पहिले व्याटिङ्ग गरेको सर्लाहीले ३०.२ ओभरमा सबै विकेट गुमाई १४५ रन बनाएको थियो भने जवाफमा २६.३ ओभरमा ६ विकेट गुमाई धनुषाले टारगेट पुरा गरि फाइनलमा गएको छ । धनुषाका हरिशंकर साह ४८ रन, राज मोहम्मद ३६ रन र समिर नेपालको २१ रनको सानदार रन रेटले धनुषालाई सफल बनाउन मुख्य भुमिका खेलेका छन भने म्यान अफ द म्याच ४८ रन बनाएका धनुषा कै हरिशंकर साह भएका छन ।त्यसतै धनुषाका सुषान्त मण्डलले ४ विकेट,राज मोहम्मदले १ विकेट,विशालले १ विकेट,अभिषेक झाले १ विकेट लिएका छन भने २ जना रन आउट भएका थिए ।  भोली हुने फाईनल खेल धनुषा र महोत्तरी  बिच हुने महोत्तरी क्रिकेट संघका अध्यक्ष रोशन सिंहले जनाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्