सरकारले तोक्यो काठमाडौंको जग्गाको नयाँ मूल्य
Advertise Here Book Now

काठमाडौं,कात्तिक २८ – सरकारले काठमाडौ उपत्यकामा जग्गाको बजारमूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्याङ्कन तोकेको छ । जग्गाको प्रकृति र स्थान हेरी आनाको न्युनतम सात हजारदेखि ४० लाख रुपैंयाँसम्म निर्धारण गरिएको छ ।सरकारले साउनदेखि नै नयाँ मूल्याङ्कन लागू गरे पनि बजारमा कारोबार भने बजारमा कारोबार भने तेब्बर मूल्यसम्म भइरहेको स्वयं मालपोत कार्यालय प्रमुखहरु स्वीकार्छन् ।
‘बजारमा कारोबार भइरहेको मूल्यलाई समेत आधार मानी न्युनतम र अधिकतम मूल्य कायम गरिएको हो,’ मालपोत कार्यालय कलंकीका प्रमुख जीवनाथ शिवाकोटी भन्छन्, ‘तर अझै पनि तेम्बरसम्म मूल्यमा खरिदविक्री भइरहेको छ ।’
जग्गा कारोबारमा यथार्थ मूल्य कायम गर्ने अभ्यास बढ्दै गएकाले यसलाई प्रोत्साहन गर्न मूल्याङ्कन कायम गरिएको उनले बताए । ‘पूर्वाधार निर्माण र सार्वजनिक हितका लागि जग्गा अधिग्रहण र मुआब्जा एवम् क्षतिपूर्ति वितरणलाई सहज एवम् विवादरहित बनाउन यसो गरिएको हो,’ उनी भन्छन्, ‘राजस्व तिर्दा १० लाख देखाउनेले जग्गा अधिग्रहणका बेला एक करोड भन्ने परिपाटी अन्त्य गर्ने प्रयास हो तर सुधार देखिएन ।’आजको कारोबार दैनिकमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्