ट्याम्पुको ठक्करले पैदल यात्रीको मृत्यु
Advertise Here Book Now

पर्सा, मंसिर ३ – वीरगन्ज बिन्दवासिनी सडकखण्डको सुक्खा बन्दरगाह सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । वीरगन्जबाट यात्रु लिएर बिन्दवासिनीतर्फ गइरहेको ना१ह १२३४ नम्बरको ट्याम्पुको ठक्करबाट पैदल यात्री ५० वर्षीय भरत यादवको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । मृत्यु हुने पर्साको अलौँ–९ निवासी रहेका पनि पर्सा प्रहरीले जनाएको छ । सडक पार गर्ने क्रममा उनलाई ट्याम्पुले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याउँदै गर्दा ज्यान गएको थियो । ठक्कर दिने चालक फरार रहेको र ट्याम्पु भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्