विप्लवले भने, जनयुद्ध वा प्रतिरोधात्मक संघर्ष गर्ने विषयमा छलफल भइरहेको छ f
Advertise Here Book Now

                                                      किरण र बादल पार्टी फुटाउन लागे

biplap2काठमाडौं, मंसिर ३ – नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले तत्कालै जनयुद्ध गर्ने तयारी भइनसकेको बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले तत्काल जनयुद्ध गर्ने वा प्रतिरोधात्मक संघर्ष गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको जानकारी दिएका हुन् ।
विप्लवले यस संविधानसभाले कुनै पनि हालतमा संविधान निर्माण गर्न नसक्ने बताउँदै तत्काल संविधानसभाको विघटन गरेर राष्ट्रिय सभाको माग गरेका छन् । उनले सरकारले दमन गर्न खोजे सशक्त संघर्षको कार्यक्रमहरु तय गर्ने चेतावनी समेत दिए ।
पार्टी विवादबारे बोल्दै विप्लवले पार्टी अध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादलले स्पष्टिकरण लिने कुरा हाँस्यास्पद भएको बताएका छन् । उनले पछिल्लो घटना क्रमले आफू भन्दा पनि दुवै नेता फुटपरस्त बनेको आरोप लगाएका छन् ।
आफ्ना नेता तथा कार्यकर्तालाई कारवाही गरेकोमा विप्लवले खेद प्रकाट गरेका छन् । यस विषयमा नेतृत्वले आत्मलोचना गर्नुपर्ने माग राखेका छन् ।
विप्लवले विशेष महाधिवेशन बोलाएर पार्टी विवाद हल गर्नुपर्ने धारणा राख्दै आफूले पार्टी फुटाउन लागि नपरेको स्पष्ट पारेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्