मोदीको जनकपुर भ्रमण रद्द गर्न सरकार चलखेल गर्दै : शर्मा
Advertise Here Book Now


 ऑनलाइन सिरहा डटकम/काठमाडौं, ३ मंसिर । बृहत्तर जनकपुर विकास परिषदका अध्यक्ष रामकुमार शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई विभिन्न चलखेल गरी रद्द गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । उनले सरकारले भारतीय प्रम मोदी जनकपुर भ्रमणलाई विवादित बनाई जनकपुर भ्रमणलाई रद्द गर्ने षड्यन्त्रहरु गरिरहेको बताएका छन् । 
शर्माले बुधबार मधेशवाणीसँग कुराकानी गर्दै भने, ‘मोदी जीको भ्रमणलाई विवादित बनाई उहाँको भ्रमणलाई नै रद्द गर्ने षड्यन्त्र भइरहेको छ, यसमा नेपाल सरकारका मन्त्री विमलेन्द्र निधि पनि लागेको छन् ।’ उनका अनुसार मधेशका सम्पूर्ण नागरिक समाज, बुद्धिजीबी, राजनीतिज्ञ र सरोकारवाल पक्षहरुले भारतीय प्रम मोदीको नागरिक अभिनन्दन र सम्बोधन जनकपुरको एतिहासिक बाह्रबिघामा हुनुपर्ने धारणा रहेको छ । 
मोदी भ्रमणलाई जसरी पनि विथोल्ने सरकारी योजना बनिरहेको शर्माको आरोप छ । ‘यदि त्यसो भए यसको परिणाम भयावह हुने’ यसअघि नै शर्माले चेतावनी दिइरहेका छन् । मधेशको ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई सरकारले ओझेलमा पार्न खोजेको आरोप छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्