नख्खु कारागारका कैदी भारतीयलाई थ्रेट
Advertise Here Book Now

armed groupऑनलाइन सिरहा डटकम सार्कको १८ औं शिखर सम्मेलन नजिकिदै जादा छिमेकी भारतले आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलको सुरक्षामा नख्खु कारागारका कैदीबाट समेत खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकारले पनि नख्खुसहित जेलमा सुरक्षा सतर्कता बढाएको छ । ‘सुरक्षा खतराको पहिचान गरी हामीले सबै ठाउँमा निगरानी बढाएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, ‘नख्खु जेलमात्र होइन, सम्भावित सवै ठाउँमा सुरक्षा सतर्कता बढाइएको छ ।’
नयाँ पत्रिका अनुसार नख्खुमा नक्कली भारु नोट कारोबारीको अभियोग खेपेका युनुस अन्सारी र केही पाकिस्तानी नागरिकले जेल बाहिर सञ्जाल विस्तार गरेको र उनीहरुबाट भारतविरोधी गतिविधि भइरहेको भन्दै भारतीय सुरक्षा एजेन्सीले सरकारको ध्यानाकर्षण गराएको हो ।
स्रोतका अनुसार भारतीय गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ्स ९रअ० तथा केही समयअघि फर्केको एड्भान्स टोलीले भारतीय उच्चस्तरीय प्रतिनिधि मण्डलका लागि सम्भावित सुरक्षा चुनौतीबारे नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका उच्च निकायलाई जानकारी गराएको थियो ।
स्रोतका अनुसार नख्खु जेलको डीआरसी ब्लकमा राखिएका युनुस अन्सारी, पाकिस्तानी नागरिक हैदर अली, सैयद सरदार हुसेन, मोहम्मद फैसल, मोहम्मद सजाद लगायतको बाहिरी सुरक्षा सञ्जालबारे अध्ययन भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्