आँखा सेक्सी छन् मेरा !
Advertise Here Book Now

दोहोरी गीत गाउन निकै खप्पिस कास्की भरतपोखरीकी मञ्जु महत हेर्दा जति सरल छिन राम्री पनि उतिकै । त्यहि सरलताकै कारण हो की, दोहोरी गायनमा यस्तरी जमेकी कुन्नी ? उनको ब्यस्तता झन बढदो छ हिजो आज । उनि स्टेज कार्यक्रम कि पर्याय बनेकी छन भन्दा फरक नर्पला, किनभने देश बिदेश,मेला महोत्सव भ्याइनभ्याइ छ उनलाइ । मध्यम परिबारमा जन्मेर पनि आफ्नै प्रतिभाले यहा सम्म पुगेकी मञ्जु लाई चट्टानमा फक्रिएको फुल भन्छन लोक दोहोरी बिधाका मान्यगन्य ब्यक्तिहरु ।

खासमा उनको लोकदोहोरी क्षेत्रमा लाग्न प्रेरणा भने, स्कुलमा,क्याम्पसमा गाउँदा साथीहरु बाटनै मिलेको हो रे । कैयौँ दोहोरी साँझ काम गरेको अनुभब सँगालेकी मञ्जुले धेरै म्युजिक भिडीयोमा समेत काम गरेकी छन । आफनो खुबि र इच्छा दुबै भएकोले होला स्टेज पर्फमेन्समा इन्जोय गर्ने गरेको नेपालजापानडटकम लाइ बताइन । प्रस्तुत छ यसै सेरोफेरोमा रहेर हाम्रा सम्बाददाता कृष्ण अधिकारीले उनै दोहोरी गायीका मञ्जु महत सँग गरेको कुराकानी :
कस्तो हुनुहुन्छ ?
सन्चै छु,

तपाईंको बुझाईमा संगीत के हो  ?
अन्तरआत्माको भाबना नै संगीत हो  ।

लोक दोहोरी गितको बजार कस्तो छ अहिले ?
पहिले जस्तो राम्रो ब्यापार त छैन तर सुन्ने श्रोता हेर्ने दर्शक धेरै हुनुहुन्छ, कलाकारहरु स्टेज कार्यक्रम सीआरबि टि हरुबाट बाँच्नु पर्ने भएको छ ,बजार ठिकै छ,तैपनि तुलनात्मक हिसाबले हेर्नेहो भने स्वदेश मा भन्दा विदेश मा बढी हुनुहुन्छ  ।

उसो भए आम्दानि पनि राम्रो होला हैन  ?
ठिकै छ , चलिराछ ।

तपाईं बिबाहित कि अबिबाहित  ?
कहाँ बिहे हुनु ,छैन नि !

ओ हो ! उसो भए त बिहेका प्रस्ताब त थुप्रो आउछन होला हैन ? यस्ती राम्री हुनुहुन्छ ?
आउँछन् नि किन नआउनु ।

अफएअर त छैन ?
लौ, छ नि मेरो त ,सबै फ्यान हरुसंग ।
ए !
फिल्म खेल्न अफर त आछैनन  ?
अहिले सम्म म्युजिक भिडियो हरु खेलेकी छु तर फिल्म खेल्ने अफर आयो भने पनि पछी पर्दिन ।

आजको सफलतालाई हेर्दा,बिगत लाइ कसरी लिनुहुन्छ  ?
मेरो परिवारमा कोहि त्यस्तो कलाकार नभए पनि आफ्नै लगनसिलता र मेहनत ले यहा आइपुगेकी छु खुसि लाग्छ, अझै गर्न धेरै बाँकि छ सबैले माया गर्नु भो, परिवारको पुरा साथ् पाएँ,पाइरहेकी छु, बिगतको अनुभब मेरा पछिल्ला प्रस्तुतिमा अझ झल्कने छन्  ।
तपाइको सबै भन्दा मन पर्ने अंग ?
मेरो आँखा सुन्दर लाग्छन

श्रोता दर्शकको निम्ति केहि नयाँ छ कि र ? 
छ नि , अब छिट्टै माघ तिर मेरो अर्को एल्बम ल्याउने तयारीमा छु ।

तपाईको सपना ?
गित संगीत क्षेत्र बाट कहिल्यै टाढा हुनु नपरोस सधै दर्शक श्रोताको मन मा बस्न सकु येही नै हो, के छ र ?

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्