जियोनी मोबाइलको इलाइफ एस ५.१ स्लिमेष्ट फोन आउँदै
Advertise Here Book Now
काठमाडौं, कार्तिक ३० – जियोनी मोबाइलले संसारकै सबैभन्दा पातलो स्मार्टफोन निर्माण गर्ने कम्पनी भनेर चिनिने ‘जियोनी’ले फेरि त्यस्तै अर्को एकदमै पातलो ह्याण्डसेट इलाफ एस ५.१ मोबाइल उत्पादन गरेको छ ।
४.८ इन्चको एमोलेड डिस्प्ले मार्फत उपभोक्ताहरुले अत्यधिक चम्किलो रंगहरुको अनुभव गर्न सक्दछन् । १.८ एम.एम. साँघुरो बेजलले उपभोक्ताहरुलाई ठूलो डिस्प्लेमा हेर्ने अवसर प्रदान गर्दछ ।
यसमा ८ मेगापिक्सेलको रेयर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरामा भएका रमाइला मोडहरु चलाएर उपभोक्ताहरुले छुट्टै खालको अनुभव बटुल्न सक्नु नै यस मोबाइलको सबैभन्दा राम्रो पक्ष हो ।
उपभोक्ताहरुले यसबाट आपूmले फोटो खिचिसकेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर आफ्नो फोटोहरुलाई थप सुन्दरता दिन सक्दछन् ।
इलाइफ एस ५.१ ले आफ्नो उपभोक्ताहरुलाई अपडेटेट र स्टाइलमा रहन मात्र होइन सबैभन्दा राम्रो अनुभव बटुल्नको लागि पनि सुनिश्चित गर्दछ ।
बिल्ट इन एप्सहरु जस्तै फेक कल, ओ.टि.जी. मोड, डि.टि.एस. मोड, फ्लिप अलार्म आदि स–साना कुराहरुले गर्द यो मोबाइल आफ्नै वर्गहरुमा उत्कृष्ट बनाएको छ । साथै, यसमा वेट ह्याण्ड मोड पनि उपलब्ध छ ।
यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जि.बी. ¥याम र १६ जि.बी. इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लास जस्ता विशेषताहरु रहेका छन् । यो फोन भव्य र सुन्दर हुनुका साथै उसको क्यामेराको विशेषताले थप गुणस्तर प्रदान गरेको छ ।
यो मोबाइल नोभेम्बर २५ देखि जियोनीका सम्पूर्ण अधिकृत वितरकहरुमा उपलब्ध हुनेछ ।

