खुकुरी प्रहारबाट एक वृद्ध गम्भीर
Advertise Here Book Now

१९ कार्तिक, उदयपुर ।
उदयपुरको मैनामनी बजारमा मंगलबार साँझ मदिरा सेवन गरी वादविवादका क्रममा भएको खुकुरी प्रहारबाट एक वृद्ध गम्भीर घाइते भएका छन् । 
रामपुर ठोक्सिला १ बस्ने २६ वर्षिय तारामान राईले गरेको खुकुरी प्रहारबाट मैनामनी ९ बस्ने ६२ वर्षिय बिर्ख बहादुर विश्वकर्मा गम्भीर घाइते भएका हुन्। उनको टाउकोमा खुकुरीको चोट लागेकोले उपचारका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । खुकुरी प्रहार गर्ने तारामान राईलाई अस्थायी प्रहरी पोष्ट कोठुले नियन्त्रणमा लिएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्