लहानका महतो सप्तरीबाट अपहरित
Advertise Here Book Now

दिलीप सिंह
सिरहा, ३० कार्तिक । सिरहा सप्तरीमा केही समय रोकिएको अपहरण र हत्या घटनाहरु फेरी दोहिरिन थालेका छन् । विगत दुई महिना देखि महिला हत्याका घटना निरन्तर देखिएका सिरहा, सप्तरीमा गएराति अपहरणका घटना भएका छन् । 
   सिरहाको लहान नगरपालिका वडा नम्बर ३ निवासी बर्ष ३५ का गुरुदयाल महतो अपहरणमा परेका छन् ।  महतो सप्तरीको कडरबोना बजार नजिकको एक पुलबाट अपहरणमा परेका हुन् ।

   आफ्नो निजी गाडी भाडा लगाउने र गाडी समेत आफै चलाउने महतो शनिवार लहानबाट गाडीमा मान्छे लिएर इटहरी गएको र इटहरीबाट फेरी मान्छे लिएर फर्किने क्रममा राति ९ बजेबाट सम्पर्क विहीन भएको उहाका दाजु शिवदयाल महतोले बताउनुभयो ।
   उहाँले गाडी बिच सडकमा रहेको अवस्थामा अर्को गाडी चालकले गाडी नम्बर देखेर चालकलाई सम्पर्क गर्न खोजेको र नभेटेपछि घरमा खवर गर्दा आफूले प्रहरीलाई खवर गरेको बताउनुभयो । 
   दाजु शिवदयाल महतोले भाईको जीवन रक्षाको लागि पहल गरिदिनुहुन संचारकर्मी र अधिकारकर्मीलाई आग्रह गर्नुभएको छ । 
   यता जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय लहानले महतोको खोजी भइरहेको बताएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्