हिजो भएको सिरहा, सुनसरी र मोरङमा दुर्घटना, दुईको मृत्यु, तीन घाइते
Advertise Here Book Now
सिरहा, ३० कात्तिक– सिरहा, सुनसरी र मोरङ जिल्लामा शुक्रबार सांझ भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको मिर्चैया २ मा शुक्रबार सांझ ९ बजे ट्याक्टर र मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार सिरहा चन्द्रलालपुर ७ का २८ वर्षिय सुरेशकुमार महतोको मृत्यु भएको हो । गम्भीर घाइते उनलाई लहान अस्पताल र्पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार २७ वर्षिय मनोजकुमार महतो गम्भीर घाइते भएका छन । उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान मा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिमतर्फ जादैगरेको ज.१ त. १६६९ नम्बरको ट्याक्टर र बिपरित दिशाको ज. ६ प. ३९०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकलमा आगलागी समेत भएको प्रत्यक्षदर्शीले बताए । ट्याक्टरलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रवार सांझ साढे ८ बजे सुनसरीको खनार ३ कोशी राजमार्गमा को. १ च. ३६५४ नम्बरको को को १३ प ६८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक ४४ वर्षिय देवीबहादुर कार्कीको मृत्यु भएको छ । भ्यानको ठककरबाट गम्भीर घाइते उनलाई उपचारकालागि न्युरो अस्पताल बिराटनगर ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो । मारुती र चालक सुनसरी लखन्तरी ३ का २३ वर्षिय आश नारायण माझीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार साँझ करिब ६ बजे नै पूर्वपश्चिम राजमार्गकै सुनसरीको जमुवाचोकमा पूर्वबाट पश्चिम पश्चिमतर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलले पश्चिमकुशाहा ३ बस्ने ५० वर्षिय लुचाई सदा घाइते भएका छन । उनको खुट्टा भाँचिएकोले उपचारका लागि कोशी अंचल अस्पताल बिराटनगर ल्याइएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालक फरार रहेकाले इलाका प्रहरी कार्यालय लौकहीले खोजतलाश भइरहेको छ ।
यस्तै मोरङको बेलबारी ५ मा अल्फाबेट नखुलेको ५०८२ नम्बरको मोटरसाइकलले स्थानीय ईश्वरी पोख्रेलको ३ वर्षिय छोरा सुजन पोख्रेललाई ठक्कर दिदा गम्भीर घाईते भएकाले उपचारका लागि हाम्रो अस्पताल बिराटनगर ल्याइएको छ । दुर्घटना पश्चात मोटरसाइकलसहित चालक फरार रहेकाले इलाका प्रहरी कार्यालय बेलबारीबाट खोजतलाश भइरहेको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

