जनकपुरमा मोदीको स्वागत मन्त्री निधीले गर्ने
Advertise Here Book Now

narendra modiभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा कसले स्वागत गर्ने भन्ने विषय टुंगो लागेको छ । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले स्वागत गर्ने भएका छन् । जनकपुरमा उनलाई गरिने अभिनन्दन तथा स्वागतका विभिन्न कार्यक्रममा मन्त्री निधी पनि सहभागी हुनेछन् ।
निधीको गृह जिल्ला समेत रहेको कारण जनकपुरमा उनलाई स्वागत तथा त्यहाको ब्यवस्थापनको जिम्मेवारी सरकारले उनलाई तोकेको हो । सार्क सम्मेलनमा सहभागी हुन माेदी जनकपुर हुँदै अाउने सम्भावना छ ।
मोदी जनकपुर सडक मार्गबाट आउने विषय अझै टुंगो लागेको छैन् । तर उनलाई त्यहाँ भब्य स्वागत र नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी छोटो दुरी सडक मार्गमा आउने भए पनि उनको त्यो भ्रमण हवाई मार्गबाटै गर्नु पर्ने सुझाव सुरक्षा निकायको रहेकोले पनि त्यसमा अहिले नै निर्णय भने नहुने ति अधिकारीले बताए ।
काठमाडौंमा राष्ट्र तथा सरकार प्रमुखहरुलाई  उपप्रधानमन्त्रीद्धय बामदेव गौतम र प्रकाशमान सिंहले पालै पालो स्वागत गर्ने छन तर बाहिर भने मन्त्री स्तरबाट नै स्वागत गर्ने बताइएको हो । प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलन स्थलमा नै स्वागत गर्ने बताइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्