सार्कका लागि १२० वटा बुलेटप्रुफ गाडी
Advertise Here Book Now
यसमध्ये २० वटा किन्ने र बाँकी सय वटा भाडा लिने तयारी भइरहेको छ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले ब्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमाआइतबार यस्तो जानकारी दिएका हुन्। उनले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको र तयारी कार्ययोजना अनुरुप नै अगाडि बढेको बताए।
उनले सरकारले सार्कको लागि भौतिक ब्यवस्थापन र सार्थक राजनीतिक गरी दुई पक्षमा तयारी गरिरहेको बताए।
मन्त्री पाण्डेले सार्कको भौतिक तयारी अन्तर्गत सम्मेलन स्थल राष्ट्रिय सभागृहको मर्मत र होल्डिङ रुमको निर्माण अन्तिम चरणमा पुगेको, रिसेप्सन र डिनर इत्यादिका लागि सिंहदरबारको ग्यालरी बैठक कक्षको मर्मत पनि अन्तिम चरण पुगेको बताए।
साथै शिखर सम्मेलनमा प्रयोग हुने सवारी मार्गको सडक पनि कात्तिक मसान्त सम्ममा मर्मत भइसक्ने बताए।
१०४ जना अतिथिलाई सोल्टी होटल
सरकारले सार्क सम्मेलनमा आउने आठ राष्ट्रका १ सय ४ जनालाई सरकारी खर्चमा होटल सोल्टी क्राउन प्लाजामा बस्ने ब्यवस्था मिलाएको छ।
मन्त्री पाण्डेले सरकारले प्रत्येक देशका १३ जनालाई सरकारले आतिथ्य उपलब्ध गराउने बताए। सोल्टी होटलमै सार्कको मन्त्रीस्तरीय र सचिव स्तरीय बैठकसमेत हुनेछ।
सरकारले सार्कको पर्यवेक्षणका लागि आउने राष्ट्रका पाहुनाका लागि भने होटल याक एण्ड यतिमा बस्ने ब्यवस्था मिलाएको छ। त्यस्तै मिडिया ब्रिफिङ दैनिक रुपमा होटल र्याडिसनमा हुनेछ। सरकारले र्याडिसनमै मिडिया सेन्टर स्थापनाको तयारी गरेको छ।
सरकारले राष्ट्र प्रमुखहरुको रिट्रिटका लागि धुलिखेलको द्वारिकाज होटल बुक गरिसकेको छ। होटलमा हेलिप्याड निर्माण समेत भइसकेको छ।
सार्क सम्मेलनको उद्घाटन मंसिर १० गते हुदैँछ। सोही दिन दुई पक्षीय भेटघाट हुनेछ। ११ गते बिहान भने सरकारले अतिथिहरुलाई रिट्रिटका लागि धुलिखेल पुर्याउनेछ।
सार्कमा माल्दिभ्स र भुटानबाट १५ देखि २० जना र अन्य मुलुकबाट ५० देखि ७० जना आउन लागेको जनाइएको छ।
कहाँ कहिले के कार्यक्रम?


