सभासद्ले सोधे - ६ दिन दिउँसै अँध्यारो हुँदैछ, सरकारको तयारी के छ?
Advertise Here Book Now

mainphotoकाठमाडौँ : छ दिन दिउँसै अँध्यारो हुने बकम्फुसे हल्लाबाट सर्वसाधारणमात्र होइन, सभासद्‍समेत प्रभावित रहेको आइतबारको व्यवस्थापिका संसदको बैठकमा प्रमाणित भएको छ। 

बैठकमा समय लिएर बोल्दै एकीकृत नेकपा माओवादीका सभासद् अग्नि सापकोटाले सोधे, 'छ दिन पृथ्वी अँध्यारो हुनेबारे सरकारले के तयारी गरेको छ?'

विगत केही दिनदेखि सामाजिक सञ्जालमा फैलिरहेको यो हल्लाको उत्पति कसरी भएको भन्ने बारे पहिलोपोस्टले शुक्रबारै ब्लग प्रकाशित गरिसकेको थियो। यो समाचार तयार पार्दासम्म सो ब्लग ४८ हजार पटक हेरिसकिएको छ। 

व्यंग्यात्मक वेबसाइट हज्लर्स डट कमले नासालाई व्यंग्यात्मक हिसाबले उदृत गर्दै बनाएको एउटा 'हावा' समाचारबाट यो हल्ला फैलिएको थियो।उक्त प्यारोडी समाचारमा कतिसम्म भनिएको छ भने, नासा प्रमुख चार्ल्स बोल्डेनले यो घोषणा गरेका हुन् र उनले सबैलाई शान्त रहन समेत भनेका छन्। दुई सय ५० वर्षपछिको यो सौर्य आँधीका कारण दुई सय १६ घण्टा पृथ्वी अँध्यारो हुने समाचारमा जनाइएको थियो।

समाचारको सत्यता परीक्षण नगरी नेपालकै कतिपय अनलाइनहरुले पनि यो समाचार प्रकाशित गरेका थिए। 

निस्तेज भइसकेको निलोफरको चिन्ता 
सापकोटाले सम्बोधनका क्रममा निलोफरबारे पनि सरकारको तयारी के छ भनी सोधेका थिए। जबकि निलोफर आँधीको प्रभाव शुक्रबारै निस्तेज भइसकेको थियो। 

भारत र पाकिस्तानको तटीय क्षेत्रमा प्रभाव पार्न सक्ने भनिए पनि निलोफर चक्रवातको गति त्यहाँ नपुग्दै निस्तेज भइसकेको थियो।  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्