सात प्रदेशबारे कांग्रेसमै असन्तुष्टि
Advertise Here Book Now

काठमाडौ, कात्तिक २३

rp_congress-flag.jpgऑनलाइन सिरहा डटकम २३  /कांग्रेसका तराई केन्द्रीत सभासद्हरुले सात प्रदेशको प्रस्ताव तयार गर्दा आफूहरुसंग परामर्श नगरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी जनाएका छन् । कान्तिपुर दैनिक लेख्छ  कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार मधेश केन्द्रीत २२ सभासदको भेलाले पार्टीको महासमिति बैठकले गरेको निर्णयविपरीत सात प्रदेशको अवधारणा ल्याएको भन्दै असुन्तुष्टी जनाएको हो ।
पार्टी केन्द्रीय सदस्य एवं सभासद् फरमुल्ला मन्सुरको अध्यक्षतामा बैठक बसेको थियो । नवलपरासीमा भएको पार्टी महासमिति बैठकले पहाडमा ४ र तराईमा तीन प्रदेश हुनुपर्ने सुझाव पारित गरेको बताउदै मन्सुरले त्यसविपरीतको प्रस्ताव आएकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई ध्यानाकर्षण गराउने निर्णय भएको बताए । उनले आइतबारनै प्रधानमन्त्रीसंग भेटेर कुरा राख्ने जानकारी दिए ।
महासमिति बैठक र केन्द्रीय समितिले गरेको निर्णयअनुसार पार्टी अघि बढोस भनेर हामीले ध्यानाकर्षण गराउन खोजेको हो, मन्सुरले भने, राजनीतिक दलहरुसंगको प्रस्तुति र पार्टीको विचारमा एकरुपता होस भन्ने हाम्रो उद्देश्य हो । केही सभासद्हरुले तराईलाई चुरेसंग अलग गर्नेगरी आएको प्रदेशको संरचनाप्रति विरोध जनाएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्