मधेशी जनता मलाई मझधारमा नछाडनु होला,म जंगको मैदानमा ओर्लिसकेको छु ः प्रचण्ड -
Advertise Here Book Now

जनकपुरधाम, कार्तिक २३ गते   ।२२ दलीय संघीय गणतान्त्रिक मोर्चा एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेसी जनताले नै मलाई दोश्रो पटकको संविधानसभाको निर्बाचनमा निर्वाचित गरेको बताउदै मधेसीसंग गरिएको सम्झौता पुरा नभए सम्म संघर्ष जारी नै रहेने उद्घोष गरेका छन् ।
शनिबार जनकपुरको बारहविघामा २२ दलीय मोर्चाद्वारा आयोजित बृहद् जनसभामा अध्यक्ष प्रचण्डले मधेसी जनतालाई सम्बोधनज गर्दै भने( मधेसी जनताले मलाई मझदारमा नछाड्न समेत उनले आग्रह गरे । उनले मधेसी जनताको अधिकार प्राप्तिको लागि थालिएको संघर्षमा आफु जंगको मैदानमा हाम फालिसकेको र आफुलाई मधेसी जनताको पुर्ण साथ चाहिएको हुनाले मझदारमा नछाड्न आग्रह गरे । उनले मधेसी जनताले आफु माथि जुन विश्वास गरेको छ । सो अन्तिम समय सम्म आफु साथ रहने प्रतिबद्धता समेत गरे । उनले कांग्रेसका अधिकांश मधेसी सभासदहरु कांग्रेस र एमालेले ल्याएको ६ प्रदेशको खाका विरुद्ध हस्ताक्षर अभियान नै संचालन गरेको बताए । उनले अहिले सम्म ५० जना भन्दा बढी सभासदहरुले हस्ताक्षर गरी पार्टी केन्द्रिय कार्यालयमा बुझाउने तयारी भई रहेको आफुलाई जानकारी आएको बताए ।
 जनसभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको धर्तीमा एक मधेसी रहे सम्म मधेसको मुद्दाको लागि लडि रहने बताएका छन् । उनले मधेस आन्दोलन पछि गरिएको आठ बुँदे सम्झौतालाई पल्टियाउदैँ कांग्रेस र एमालेले गर्दै आएको षड्यन्त्र कदापि पुरा हुन नदिने बताए । त्यसैगरी तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेसीलाई हरेक अवसरबाट बञ्चित गर्दै आएको बताउदै उनले भने– अहिले पनि सो लडाई जारी नै रहेको छ ।  उनले भने –अब मधेशको मुक्तीको लागि निर्णायक आन्दोलनको आवशयकता रहेको छ यो छिटै नै सुरु हुनेछ । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसीले माँगे विखण्डन र पहाडीले माँगे राष्ट्रियता भन्दै उनले आक्रोश पोख्दै भने  सभासद संजय साह मधेसी भएकै कारण साह माथि अन्याय भई रहेको बताए । उनले मधेश र मधेशी माथि अहिले पनि विभेद खसवादीको तर्फबाट उतिकै हावी रहेकोले सडक संघर्षको अर्को कुनै विकल्प नरहेको वताए । कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मधेश आन्दोलनको समयमा गरिएको सम्झौतालाई पुरा नगरेसम्म संघर्ष जारी नै रहने चेतावनी दिदै मधेशमाथि कसैले खेलवाड गर्ने कोशिस गरयो भने आन्दोलनको आंधी वेहरी ल्याउने वताएका छन । कार्यक्रममा मोर्चामा सामेल रहेका २२ दलका राष्ट्रिय अध्यक्षहरुले आ आफनो मनतव्य व्यक्त गरेका थिए । सबैले आफनो मन्तव्य व्यक्त गरेपनि तोकिएकै समयमा संविधान वनाउन सकिन्छ कि सकिदैन त्यसबारेमा कुनै पनि नेताले यसबारेमा केहि बताएन । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्