रानी बनेर ऱ्याम्पमा उत्रिइन् सुस्मिता (फोटोफिचर)
Advertise Here Book Now

clasic dimond fashion show (1)काठमाडौं, कार्तिक २९ – शुक्रबार रात छिप्पिसकेको थियो, सबैतिर चिसोले प्रभाव पार्न शुरु गरिसकेको थियो । तर, काठमाडौंको अन्नपूर्ण होटलको माहोल भने अझै ताती रहेको थियो । नेपालका चर्चित सेलिब्रिटीहरुले भरिभराउ अन्नपूर्णको हलमा सबै जनाको आाखाले एकै जनालाई व्यग्र प्रतिक्षा गरिरहेका थिए, पूर्व मिस युनिभर्स सुस्मिता सेनलाई ।
काठमाडाौंको होटल अन्नपूर्णमा क्लासिक डाइमण्डद्वारा आयोजित टाइमलेस प्यारागन ज्वलरी फेशन सोमा सहभागी हुदै भारतीय चलचित्र अभिनेत्री पनि रहेकी सुस्मिता सेन शुक्रबारै काठमाडौं आइपुगेकी थिइन् । जब उनी ऱ्याम्पमा उत्रिइन्, उनको सुन्दरता देखेर सबैजना नतमस्तक बनेका थिए । मुहारमा चम्किलो मुस्कान उनी रानी जस्तै शीरमा ताज भिरेर उनी फेसन शोमा उपस्थित भइन् । उनले मुस्कानमा लठ्ठ नहुने सायदै कोही थिए होलान् ।
हिजो आयोजित फेसन शोमा नेपाल र भारतका चर्चित मोडलहरुले क्लासिक डाइमण्ड ज्वेलर्सका हारहरु प्रस्तुत गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्