मंसिरमा हुने एनसेल ‘पर्पल फेष्ट’ मा कपिल शर्मा, सोनु निगम लगायत नेपाली कलाकारद्वारा मनोरञ्जन दिइने
Advertise Here Book Now

kapil-sharma_sonu-nigamकाठमाडौं, कात्तिक २९– एनसेलले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यहि मंसिर २७ मा सांगीतिक तथा मनोरञ्जले भरिपूर्ण कार्यक्रम, एनसेल पर्पल फेष्ट आयोजना गर्न लागेको छ । पर्पल फेष्टमा नेपाली तथा भारतीय कलाकारहरुको उपस्थिती रहनेछ र एनसेलका ग्राहकको साँझ संगीत र हाँसोले भरिपूर्ण बनाउनेछ । कार्यक्रममा भारतका चर्चित हास्यव्यङ्ग कलाकार कपिल शर्मा र साङ्गितिक व्यक्तित्व सोनु निगमले नेपाली गायकहरु सुगम पोखरेल, यम बुद्घ तथा जीतु नेपाल र विल्सन विक्रम राईका साथ संगीत र ठट्टाको अद्भुत अनुभव प्रदान गर्नेछन् । यहि कात्तिक ३० देखि मंसिर २६ गतेसम्म १ जी बी वा त्योभन्दा धेरै डाटा एक्टिभेट गर्ने एनसेलका कुनै पनि ग्राहकहरुले काठमाडौं उपत्यका कुनै पनि तथा वनेपाका एनसेल सेन्टरबाट पर्पल फेष्टको टिकट प्राप्त गर्न सक्नेछन् । ग्राहकको सहजताका लागि एनसेलले तीन प्रकारका टिकटहरु उपलब्ध गराउने छ । कर वाहेक रु २९९९ मूल्य रहेको १० जीबी प्याकको खरिद गर्नेले गोल्ड टिकट, कर वाहेक रु १३९८ मुल्यको २ जीबी (१ जीबी प्लस १ जीबी प्याक) खरिद गर्नेले सिल्भर टिकट र कर वाहेक रु ६९९ रहेको १ जीबी डाटा प्याक खरिद गर्नेले ब्रन्ज टिकट प्राप्त गर्नेछन् । साथै ग्राहकले एउटा नम्बरबाट धेरैमा ३ वटा टिकट प्राप्त गर्न सक्नेछन् । ग्राहकले चाहेमा एकै प्रकारका वा फरक–फरक प्रकारका टिकट लिन सक्छन् । ग्राहकले एनसेल सेन्टरबाट टिकट लिनु पर्नेछ । “एनसेल पर्पल फेष्ट हाम्रो तर्फबाट ग्राहकहरुलाई विशेष उपहार हो । मनोरञ्जनले भरिपूर्ण यो कार्यक्रमले हाम्रा ग्राहकलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएका छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्