गृहमन्त्री झुकेपछि संसद सुचारु, महादेवको अपमान गर्दा दक्ष प्रजापतिको हालत स्मरण गराइयो
Advertise Here Book Now

mainphotoकाठमाडौँ : उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले शुक्रबारको संसद बैठकमा आफूले बोलेका शब्दले चोट पुर्‍याएको भए फिर्ता लिने बताएपछि राप्रपा नेपालले संसदको अवरोध खुलाएको छ। 

रत्नपार्कका अनसनकारीहरुलाई हटाएको बारे स्पष्टिकरण दिने क्रममा गृहमन्त्री गौतमले धार्मिक आस्थामाथि चोट पुग्ने वक्तव्य दिएको भन्दै राप्रपा नेपालले रोष्ट्रम घेराउ गर्दै संसद चल्न दिएको थिएन। सत्तापक्षका सांसदहरुसँग यस क्रममा बाझाबाझ पनि भएको थियो। 

गृहमन्त्री गौतम संसदको रोष्ट्रममा पुगी सम्बोधन गर्न लाग्दा राप्रपा नेपालका नेता दीनानाथ गिरीले उनीप्रति कटाक्ष गर्दै भने, 'स्वस्थानीको कथामा महादेवको आलोचना गर्दा दक्ष प्रजापतिको के हालत भएको थियो, याद राख्‍नुहोला।' 

शुक्रबारको बैठकमा गृहमन्त्रीले अनसनकारीहरुले 'सानो सानो तिखो तिखो महादेवले बोक्ने जस्तो सामान' देखाएको, साक्षात गोरखानाथ वा महादेवै बनेर आउने खतरा देखिएको' बताएका थिए।

धार्मिक ग्रन्थमा आगो नलगाउने, धार्मिक आस्थामा चोट पुर्‍याउने कार्य अब उप्रान्त राज्यले नगर्ने प्रतिवद्धता जनाएपछि संसद सुचारु भएको गिरीले बताए। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्