योजना तर्जुमा सम्बन्धी तालिम सम्पन्न
Advertise Here Book Now
राम नारायण पंडित,सिरहा, १८ मंसिर
सिरहामा स्थानिय स्तरिय योजना तर्जुमा प्रक्रिया समाजिक सदभाब तथा अनुगमन सम्बन्धी तीन दिने तालिम बिहिबार सम्पन्न भएको छ । जिल्ला बिकास कार्यालय सिरहाको आयोजना तथा एलजिसिडीपीको सहयोगमा सम्पन्न तालिममा अनिल साह र प्रकाश अधिकारी प्रशिक्षण दिएको थिए । चन्दं्रोदयपुरको गाबिस भबनमा मंसिर १६ गतेदेखि सुरु भई आज सम्पन्न भएको तालिममा बडा नागरिक मन्च, बिभिन्न पार्टीका प्रतिनिधि, युनिभर्सल युबा कल्बका प्रतिनिधि, अपांग, बुद्धिजिबि लगायत ४५ जनाको सहभागिता रहेको थियो ।

