राष्ट्रपति यादबद्धारा चरे निरिक्षण
Advertise Here Book Now
राम नारायण पंडित,सिरहा, १८ मंसिर ।
चुरे संरक्षणको अवस्था तथा कार्यक्रमको प्रभावकारिताको सम्बन्धमा जानकारी लिनको लागी राष्ट्रपति डा.रामवरण यादवले बिहिबार सिरहामा चरे क्षेत्रको निरिक्षण गर्नु भएको छ । राष्ट्रपति डा.यादव सिरहाको चरे क्षेत्रमा रहेको तरेगना गोबिन्दपुर ८ हरीपुरमा हेलेकप्टर लैन्ड गरि चुरे क्षेत्रको निरिक्षण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक लक्ष्मण गिरिले जानकारी दिए । जिल्ला बन कार्यालय सिरहाद्धारा ०७०–०७१ मा बृक्षारोपन गरिएको रुख बिरुबालाई राष्ट्रपति डा.यादवले पैदल निरिक्षण गर्नु भएको हो । निरिक्षणको क्रम्मा उहाँले सरोकारबलाहरुसंग चुरे संरक्षणमा भएको प्रगतिको सम्बन्धमा जानकारी लिनु भयो । उक्त क्रम्मा सिरहाका सुरक्षा प्रमुख, बन कार्यालयका प्रतिनिधि लगायतका सहभागीता रहेको थिए ।
योजना तर्जुमा सम्बन्धी तालिम सम्पन्न
सिरहामा स्थानिय स्तरिय योजना तर्जुमा प्रक्रिया समाजिक सदभाब तथा अनुगमन सम्बन्धी तीन दिने तालिम बिहिबार सम्पन्न भएको छ । जिल्ला बिकास कार्यालय सिरहाको आयोजना तथा एलजिसिडीपीको सहयोगमा सम्पन्न तालिममा अनिल साह र प्रकाश अधिकारी प्रशिक्षण दिएको थिए । चन्दं्रोदयपुरको गाबिस भबनमा मंसिर १६ गतेदेखि सुरु भई आज सम्पन्न भएको तालिममा बडा नागरिक मन्च, बिभिन्न पार्टीका प्रतिनिधि, युनिभर्सल युबा कल्बका प्रतिनिधि, अपांग, बुद्धिजिबि लगायत ४५ जनाको सहभागिता रहेको थियो ।

अबैध गाँजाको बोट नष्ट ।
सिरहाको बरहरामाल गाबिस बडा नं. ८ र ९ मा अबैध रुपमा लगाईएको गाँजा प्रहरीले बिहिबार नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया, प्रहरी चौकी बन्दिपुर र प्रहरी चौकी कर्जन्हाको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा करीब २ बिघामा लगाईएको १० हजारको हाराहारीमा अबैध गाँजाको बोट काटेर नष्ट गरेको हो । काटेको गाँजाको सोही स्थानमा आगो लगाई प्रहरीले नष्ट गरेका हुन ।