हिसिलालाई लिएर बलात्कार पीडितको क्याम्पमा पुगे बाबुुराम
Advertise Here Book Now

काठमाण्डु, ५ पुस– एकीकृत माओवादी वरिष्ठ नेता एवम् संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराई शनिबार रक्षा नेपालको कार्यालय गई उक्त  संस्थाको संरक्षणमा रहेका यौनजन्य हिंसाका पीडित बालबालिकासँग भेट गरेका छन् ।
भट्टराईले केही दिनअघि सञ्चारमाध्यममा जिल्ला अदालत बैतडीले दोषी किटान गरेका अपराधीहरुलाई पुनरावेदन अदालत महेन्द्रनगरले निर्दोष सावित गरेपछि विक्षिप्त बनेकी बलात्कारपीडित किशोरी पूजा बोहरालाई आफ्नै निवास सानेपामा भेटेका दिए ।
तिनै किशोरी बोहरालाई संरक्षण दिइरहेको रक्षा नेपालको कार्यालयमा गई उनले  अन्य संरक्षित बालबालिकासँग भेट गर्नुका साथै उनीहरु बस्ने आवासगृहको अवलोकन गरे ।
सभापति भट्टराईको स्वागतमा राखिएको छोटो औपचारिक कार्यक्रममा सभापति भट्टराईले सत्य र न्यायको निम्ति निरन्तर संघर्ष गर्न संरक्षित बालबालिका र महिलाहरुसँग आग्रह गरे ।  ‘यौनजन्य वा कुनै पनि प्रकारको हिंसाबाट पीडित हुनु अपराध होइन । अपराधी त ती व्यक्तिहरु हुन् जसले मानवतालाई बिर्सेर, मानिसले मानिसप्रति गर्ने आचरणलाई बिर्सेर, म पाशविक पनि भन्न चाहन्नँ किनकी पशुले पनि यस्तो प्रकारको गलत हर्कत गर्दैन, यस्ता अपराधी प्रवृत्तिहरुका विरुद्ध लड्नुपर्छ ।’
माजमा धेरै मानिस राम्रा र थोरै मात्र खराब हुने भन्दै उनले खराबका विरुद्धमा लड्नुबाहेक अर्को विकल्प नरहेको बताए ।  ‘संघर्ष नगरिकन न्याय पाईंदैन, हामीले इतिहासमा जहाँ पनि देख्छौं सत्य र असत्यको बीचमा जहिले पनि संघर्ष भइराख्छ । अन्त्यमा सत्य र न्यायको जीत हुन्छ । त्यसकारण त्यसमा ध्यानमा राखेर पटक्कै हिम्मत नहारिकन संघर्ष गर्ने, न्याय प्राप्त गर्ने र सम्पूर्ण मुक्ति प्राप्त गर्ने दिशामा लागिरहनुहोस, उनले भने ।’
सभापति भट्टराईले बालबालिकाहरुलाई हिम्मत नहार्न आग्रह गर्दै भने, ‘मेरो आग्रह के हो भने तपाईंहरु भोलिको साँच्चै प्रतिभाशाली व्यक्ति बन्न सक्नुहुन्छ । यो देशको असल नागरिक बन्न सक्नुहुन्छ र तपाईंले त्यो एउटा ध्येय राखेर अगाडि बढ्नुहोस् ।’
उनले अब बन्ने नयाँ संविधानमा महिलामाथि हुने यौनजन्यलगायतका सबै प्रकारका हिंसा, शोषण, उत्पीडनहरुलाई अन्त्य गर्नका निम्ति महिलाका अधिकारहरुलाई कसरी स्थापित गर्ने भन्नेबारे आफूहरु गम्भीर ढंगले लागिपरेको उल्लेख गरे ।
‘नयाँ बन्ने संविधानमा हामीले केही नयाँ विशेष हक–अधिकारको पनि व्यवस्था गर्दैछौं’, भट्टराईले भने, ‘सँगसँगै पूराना कानुनहरु संशोधन गर्ने प्रक्रियामा पनि त्रुटि रहेको भन्ने हामीले पाएका छौं ।’
यायाधीशहरुले पीडितलाई उल्टै दोषी ठहर गर्ने हर्कत गरिरहेको भन्दै उनले तिनका विरुद्धमा पनि आफूहरु लड्ने बताए ।
यौनजन्य हिंसापीडित महिला, बालबालिकाहरुको संरक्षण गर्ने रक्षा नेपालको कार्यको भट्टराईले प्रशंसा गरे ।
भट्टराईसँगै पन्ति हिसिला यमी पनि रक्षा नेपाल पुगेकी थिइन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्