पुलिसलाई केरा देखाउने एक युवकलाई ३ वर्ष जेल
Advertise Here Book Now
पुलिसलाई केरा देखाउने एक युवकले ३ वर्षसम्म जेलको हावा खानुपरेको छ । अमेरिकाको कोलोराडोस्थित प्रmटबेलका २७ वर्षीय नाथन चानिङले आफ्नो हातमा रहेको केरा देखाउँदै प्रहरीलाई तर्साउन खोज्दा पक्राउ परेको बताइएको छ।
आफ्नो हातमा रहेको केरालाई बन्दुक भनेर पुलिसलाई ताकेर उनी भाग्न खोजेका थिए । पुलिसले पनि उनको हातको त्यो चिज केरा नभै पहेँलो टुप्पो सहितको ह्याण्डगन रहेको विश्वास गरेको थियो । वास्तवमा उनी युट्युबका कमेडी भिडियो बनाएर पोष्ट गर्ने कलाकार थिए । उनले त्यस्तै हँसिमजाक गरेका थिए पुलिससँग । तर पुलिसले त्यो कुरा बुझेनन् र आत्मरक्षाका लागि भन्दै उनलाई चेतावनी दिँदै पक्राउ गरेका हुन् ।
प्रहरी आफुनेर नै आएर समाउन थालेपछि उनले यो केरा हो भन्दै चिच्याएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरिछाड्यो र केरा बन्दुक बरामद गरिछाड्यो ।ती युवालाई मेसा काउन्टी जेलमा राखिएको छ । उनीसँग स्थानीय अदालतले १० हजार डलर धरौटी माग गरेको छ । उनीमाथि लगाइएको अभियोग अनुसार उनलाई ३ वर्षसम्मको जेल सजाय र १ लाख डलरसम्म जरिवाना हुनसक्ने जनाइएको छ।

