फेसबुकले आठ वर्षपछि हत्यारा पक्रायो: हाम्रै नेपालमा
Advertise Here Book Now
सिरहा ,कहिले कहिँ फेस्बुकका कारण धेरै समस्यामा परिने भएतापनि आवश्यक परेको समयमा यसबाट ठुलो फाइदा हुने गर्दछ | त्यस्तै काठमाडौँ प्रहरीले पनि आठ वर्ष अगाडी आफ्नै साथीको हत्या गरेर फरार रहेका एक युवकलाई फेस्बुककै सहयोगमा पक्राउ गरेको छ |
वि.सं. २०६२ मा आफ्नै साथी हेम लामाको हत्या गरी फरार रहेका गोलढुंगाका श्याम थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले फेसबुककै सहयोगमा ८ वर्षपछि पक्राउ गरेको छ |
आफ्नो साथीको हत्या गरि फरार रहेका उनलाई फेसबुकमा चिनजान गरी प्रहरीले सिनामंगल बोलाएर पक्राउ गरेको हो । फेसबुकमा नजिकिएर सूचना संकलन गरी प्रहरीले उनलाई यही मंसिर ८ मा फत्राउ गर्न सफल रह्यो ।

