नगरस्तरीय सरसफाई सम्मेलन सम्पन्न ।
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, १२ मंसिर ।
सिरहाको मिर्चैयामा शुक्रबार नगरस्तरीय सरसफाई सम्मेलन सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद धर्मनाथ प्रसाद साहको प्रमुख अतिथ्यता तथा दलित जनजाति पार्टीका केन्द्रिय अध्यक्ष बिश्वेन्द्र पासबानको विशेष अतिथ्यता र मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत एवं एम वाससिसी मिचैेयाका अध्यक्ष इन्द्र देब यादबको अध्यक्षतामा सरसफाइ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा सिरहाका स्थानीय विकास अधिकारी गणेश कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक राम कृपाल साह, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देव कुमार यादव, खुल्ला दिसा मुक्त अभियानका फिल्ड संयोजक गोबिन्द बहादुर कार्की , मोहन उच्च मावि मिचैेैयाका प्रधानाध्यापक रामवृक्ष ठाकुर, ईलाका प्रहरी कार्यलय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिवडा, सशस्त्र प्रहरी बल वेश क्याम्प मिर्चैयाका प्रहरी निरिक्षक उपेन्द्र मंडल, मानव अधिकार विकास केन्द्रका अध्यक्ष जिवछ साहका साथै खानेपानी तथा स्वास्थ्यता समन्वय समितीका प्रतिनीधी, स्थानियबासी, राजनितिक दलका प्रतिनीधी, बुद्धिजिबि, सरकारी तथा नीजी विद्यालयका शिक्षक, बिद्यार्थी र सञ्चारकार्मी लगायतका उल्लेखनिय सहभागिता रहेको थियो । सम्मेलन सुरु हुनु भन्दा अगाडी मिर्चैया नगरपालीकाको प्रांगणबाट सुरु भएको र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै कार्यक्रम स्थलमा पुगी सम्मेलनमा परिणत भएको थियो । २०१५ सम्ममा मिर्चैया नगरपालिकाको खुल्ला दिशा मुक्त घोषणा गर्न लक्ष्य अनुरुप नगरपालिकाले सरसफाइमा तिब्रता दिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्