घुराबाट आगो लाग्दा घर जल्यो
Advertise Here Book Now


सिरहा, ६ पौष । सिरहाको गौरीपुर गाविसमा आईतवार विहान भएको आगलागीबाट करिब ४ लाख भन्दा बढीको जाडो छल्न बालेको घुराबाट सल्केको आगोले गौरीपुर गाविस ३ का कुशेश्वर मुखियाको फुसको घर जलेर नष्ट भएको छ । मुखियाको एउटा बस्ने घर र गाईगोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी
कार्यालय सिरहाले जनाएको छ ।आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नबाली, ईलेक्ट्रो–
निक्स लगायतका सबै समान जलेर नष्ट भएपछि करिब ४ लाख बराबरको क्षति भएको स्थानीयले
जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्