Politics
»
प्रचण्डलाई कमिलाले टोक्यो कि : ओली
प्रचण्डलाई कमिलाले टोक्यो कि : ओली
Advertise Here Book Now
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै अवरोध पन्छाएर भए पनि माघ ८ गते मुलुकमा नयाँ संविधान जारी हुने दाबी गर्नुभएको छ । आज सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सहमति सम्भव नभए प्रक्रियाबाटै नयाँ संविधान जारी हुने दाबी गर्नुभयो । “भरसक सहमतिको अन्तिम प्रयास गर्छौं,” उहाँले भन्नुभयो, “नभए प्रक्रियाबाटै भए पनि मुलुकलाई नयाँ संविधान दिनेछौँ ।” सहमतिबाटै मात्र संविधान बनाउनुपर्छ भन्नेलाई प्रतिप्रश्न गर्दै ओलीले भन्नुभयो, “संसारमा सर्वसम्मतिबाट संविधान जारी भएको उदाहरण कहाँ छ ? सहमतिबाटमात्रै बनाउनुपर्ने भए दुई÷तीनजना नेता बसेर गरे भइहाल्थ्यो नि, संविधानसभाको निर्वाचन किन गर्नु प¥यो ?” एनेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि गठन गरिएको आरोप लगाउँदै अध्यक्ष ओलीले कसैको आन्दोलन, रक्तपात जस्तो धम्कीको कुनै अर्थसमेत नरहेको बताउनुभयो । “हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ”, उहाँले भन्नुभयो – तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो ।” हेलिकप्टरबाट आउनुभएका अध्यक्ष ओली हरिवनमा हुने पार्टीको सर्लाही जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्