अातंकवादीले नेपाली दूतावासको साइट ह्याक गरे, सरकारी वेबसाइट खतरामा
Advertise Here Book Now
काठमाडौं । अमेरिका स्थित नेपाली राजदूतावासको वेबसाइट ह्याक भएको छ ।
वेबसाइट मोरक्कोको इस्लामिक युनियन मेलले ह्याक गरेको हो । यो समूहले आइएस, इस्लामिक ब्रदरहुड र हमास जस्ता इस्लामिक समूहको समर्थन गर्दै ह्याक गर्ने गरेको छ ।
वेब साइटमा अरवी भाषामा केही सन्देश लेख्नुका सार्थ केही तस्बिर प्रकाशित गरिएको छ ।
ती तस्बिरबाट कसैलाई समवेदना दिन खोजिएको आभाष हुन्छ ।
वेबसाइटमा अरवी भाषाको गीत पनि राखिएको छ । सो गीत इस्लामी अतिवादलाई प्रवर्दन गर्न राखिएको अनुमान गरिएको छ ।
नेपाली दूतावासको वेबसाइट ह्याक गरिएको सम्बन्धमा संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका एक सभासदले चिन्ता व्यक्त गरेका छन् ।
समितिका एक सभासदले न्यूज भित्तालाई भने, ‘यो अति नै संवेदनशील विषय हो । यो विषयमा हाम्रो समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने विषयमा म कुरा उठाउँदै छु ।’
परराष्ट्र मन्त्रालयका एक अधिकारीले अनौपचारिक रुपमा बताए अनुसार नेपाली दूतावासको सो वेबसाइट जम्पलाइन नामक कम्पनीले होस्टिङ गरेको थियो ।
अहिलेसम्म नेपाली वेबसाइट ह्याकरहरुकै नियन्त्रणमा रहेको छ ।
मोरक्को इस्लामिक युनियन वेबसाइट ह्याक गर्न कुख्यात अन्तराष्ट्रिय आतंककारी समूह हो । यो समूहले विगत केही महिना यता विभिन्न मुलुकका सरकारी वेबसाइटलाई निशाना बनाउँदै आएको छ ।
केही समय अघि मोरक्को इस्लामिक युनियनले साउदी अरेविया र इटालीको केही सरकारी वेबसाइट ह्याक गरेको थियो ।
नेपाल सरकारसँग सम्बद्ध वेबसाइटहरुको सुरक्षा प्रणाली अत्यन्तै कमजोर रहेको छ ।
संविधानसभाको वेबसाइट एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको जिम्मा लगाइएको छ । सो संस्थाले एमाले नेता रामनाथ ढकालका छोरालाई साइट जिम्मा दिएको छ ।
नेपालले साइवर सेक्युरिटीमा पटक्कै ध्यान दिएको देखिँदैन । संसदमा यो विषयमा छलफल हुनुपर्ने समिति विकास समिति हो । विकास समितिको क्षेत्राधिकामा संचार मन्त्रालय रहेको छ ।
विगतमा नेपाल सरकार सम्बद्ध केही वेबसाइटहरु ह्याक भए पनि इस्लामी अतिवादीको निशानामा परेको भने यो पहिलो पटक हो ।
स्रोत:Newsvitta
स्रोत:Newsvitta

