घाइते हुनेहरुमा भोजपुरकी अशोदा ढकाल, धनगढी–५ की पार्वती पाण्डे, गाईघाटकी निशा दनुवार र धनगढीकी वर्षा राई रहेका छन् । शुक्रबार राति जन्तीलाई रिसिभ गर्न पैदल हिँडेर रौनियार सेवा सदनबाट विशाल होटलतर्फ जाँदै गर्दा स४प १८७० नम्बरको स्कुटीले पछाडिबाट ठक्कर दिएर उनीहरुलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।घाइतेमध्ये अशोदा, पार्वती र निशाको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि तत्कालै लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै विराटनगरस्थित न्युरो हस्पिटल लगिएको रेडियो समग्रका अध्यक्ष सुनिल साहले जानकारी दिए ।ठक्कर दिने स्कुटी इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ भने स्कुटी चलाक युवा फरार भएका छन् । युवाले मदिरा सेवन गरी युवतीलाई जानेर ठक्कर दिएको प्रत्यक्षदर्शी वैजनाथ यादवले बताए ।
स्कुटीको ठक्करबाट चार रेडियोकर्मी घाइते
Advertise Here Book Now

