जनकपुरधामकी २० वर्षीया युवतीको राजधानीमा हत्या
Advertise Here Book Now

काठमाडौं , २१  मंसिर । मधेशी मुलको अन्दाजी २० वर्षीय एक युवतीको छुरा प्रहारगरी हत्या गरिएको छ । शनिवार लगभग ११ः ३० बजेको समयमा अनामनगरमा हत्या गरिएको हो । हत्या भएको युवतीको नाम रितु महासेठ, जनकपुर, तुलसियाही ४ का स्थायी निवासी हुन् ।  छुरा प्रहारगर्ने युवा अहिले फरार रहेको छ । प्रहरीका अनुसार युवतीलाई छाति, पेटमा छुरा प्रहार गरिएको छ । छुरा प्रहार गरे लगत्तै घाइते युवतीलाई उनका साथीहरुले उपचारका लागि केएमसी सिनामंगल लगेका थिए त्यसपछि रिफर गरेर उपचारको लागि महाराजगंज टिचिङ्ग अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा टिचिङ्ग अस्पतालमा साँझ ४ः३० बजे मृत्यृ भएको श्रोतले जनाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा प्रेमका कारणले हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । हत्याराको खोजी कार्य जारी रहेको सिंहदरवार प्रहरी वृतले जनाएको छ । हत्या गरिएको युवती कान्तिपुर कलेजमा विविएस प्रथम वर्षमा अध्ययनरत रहेको थिइन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्