ट्याक्टरले किचेर बालक मारे
Advertise Here Book Now

सिरहा, २२ मंसिर । सिरहाको अर्नमान ६ मा ट्याक्टरले किचेपछि गम्भिर घाईते एक बालकको आज उपचारको क्रममा विराटनगरमा मृत्यू भएको छ ।

अर्नमा ६ का ११ बर्षीय बालक मुकेश महतोको मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार तिब्र गतिमा रहेका स. १ त. ३८९६ नम्बरको ट्याक्टरले किचेर गम्भिर घाईते बनाएका बालक महतोको उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल लगेको थियो ।
ठक्कर दिने ट्याक्टरलाई प्रहरी चौकी औरहीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् । फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्