राजधानीमै नक्कली नेपाली नोट
Advertise Here Book Now
६ वर्षमा १६ लाख नक्कली रुपैयाँ बरामद

राजधानीको नयाँबसपार्कमा फेन्सी पसल चलाउँदै आएकी सन्तकुमारी शर्मालाई बिहीबार एक ग्राहकले दिएको नयाँ नोट समाउनासाथ शंका लाग्यो ।
उनले बारम्बार नोट छामिन्, साबिकभन्दा केी खस्रोजस्तो महसुस भयो । कतै नक्कली त होइन ?
प्रहरीले लामो समयसम्म नोट नियाले । यकिन भएन, नजिकैको बैंकमा लगेर जँचाए ।
नभन्दै शर्माको शंका सही निस्कियो । नोट नक्कली नै रहेछ ।
झटपट चौधरीलाई नियन्त्रणमा लिएर खानतलास गर्दा उनको साथबाट त्यस्ता थप १४ वटा नोट फेला परे जुन सबै नक्कली थिए ।
प्रहरीले चौधरीसँग प्रारम्भिक बयान पिलयो । प्रहरीका अनुसार चौधरीले तुरुन्तै स्वीकारे र दाङमा रहको आफ्नो घरमा रंगीन फोटोकपी गरेर नक्कली नोट तयार पारेको सूचना दिए । लगत्तै दाङ प्रहरीले उनको घर छापा मार्द पनि नक्कली नेपाली रुपैयाँ फेला पार्यो , आजको नागरिक दैनिक मा खबर छ ।
१९ मङ्सिर, काठमाडौँ ।

राजधानीको नयाँबसपार्कमा फेन्सी पसल चलाउँदै आएकी सन्तकुमारी शर्मालाई बिहीबार एक ग्राहकले दिएको नयाँ नोट समाउनासाथ शंका लाग्यो ।
उनले बारम्बार नोट छामिन्, साबिकभन्दा केी खस्रोजस्तो महसुस भयो । कतै नक्कली त होइन ?
कपडा किन्न आएका नारायणपुर ८ दाङका आशिष चौधरीले दिएको ५ सय नेपाली रुपैयाँको नोटमा शंकालु नजर दौडाएकी शर्माले तुरुन्त प्रहरी बोलाइन् ।