निर्वाचन स्थगित ? लहान जेसीजमा जालझेल
Advertise Here Book Now

लहान, १८ मंसिर । प्रत्येक एक बर्षमा निर्वाचन हुने लहान सिटी जेसीजमा यस पटक विभिन्न जालझेलको कारण स्थगित भएको जानकारीमा आएको छ । पुनरावेदन अदालत राजविराजमा चढाइएको निषेधाज्ञा पत्रका अनुसार लहान सिटी जेसीजका निवर्तमान अध्यक्ष निर्वाचनको अधिकृत हुने व्यवस्था रहेको छ । तर, तोकिएको निर्वाचन मिति मंसिर २० गतेको लागि तयारी चलिरहेको भएपनि निवर्तमान अध्यक्ष रियासत लिमीलाई निर्वाचन अधिकृत बनाइएको कुनै प्रमाण नरहेकोले निर्वाचन नगर्न नगराउंन अदालतले आदेश दिइएको छ । दुवै पक्षलाई राखी छलफल गर्न उपयक्त देखिएकोले मिति २०७१ मंसिर २३ लाई पेशीको तारेख तोकी सोको सूचना पूनरावेदन अदालत राजविराजले विपक्षीहरुलाई दिइएको छ ।
एक बर्षदेखि लहान सिटी जेसीजको अध्यक्षमा कासिन्द्र यादव रहेका छन् । अध्यक्ष यादव मधेशी जनअधिकार फोरम नेपाल सिरहाका पूर्वी क्षेत्रका राजनीतिक कमाण्डरको रुपमा समेत रहेका छन् । यादवको निर्देशन विना फोरममा लहान क्षेत्रमा पात पनि नहलिने अवस्थाको कमाण्डर रहेका हुन् । उनी शिक्षक भएपनि उच्च राजनीतिक पकड् तथा फोरम नेताका नातागोताका कसिलो व्यक्ति भएकाले शिक्षक फोरमका समेत कमाण्डर छन् । त्यती मात्र होइन् जेएसमुब क्याम्पसका स्थायी जस्तै प्रतिनिधीका रुपमा समेत छन् । र, फोरम बुद्धिजिवीका अगुवा कमाण्डर समेत हुन् अध्यक्ष यादव । पद पकड् जति भएपनि कम बोल्ने वानीले चारैतीरबाट संरक्षित हुंदै आएका छन् अध्यक्ष यादव । लहान सिटी जेसीजमा मधेशवादीहरुको विशेष पहलमा गतबर्ष यादवलाई अध्यक्ष पदमा चयन गरेका थिए । तर, यस पटक विभिन्न जालझेलको कारण अध्यक्ष रहिरहने छांटकांट देखिएको हो । आवश्यक परे मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राजकिशोर यादव र तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताका समेत अनुयायी बन्न पछि नहट्ने नातावाद कृपावादका सशक्त कमाण्डर कासिन्द्र यादवलाई यस पटक समेत जेसीजको अध्यक्ष रहिरहने भन्दै फेसबुकमा आज दिनभरी हांसोठठा चलेको छ ।

-नवसंगग्राम दैनिक

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्