अर्को विहे गर्छु भन्दै श्रीमानले श्रीमतिलाई घरबाट निकाले
Advertise Here Book Now
सिरहा, ७ मंसिर । अर्को विहे गर्छुभन्दै श्रीमानले खुकुरी देखाएरघरबाट निकालेपछि एक महिला भागेर सिरहा आएकी छन् ।उदयपुरको त्रियुगा नपा ४ लक्ष्मीपुरकी ४८ बर्षीया लक्ष्मी चौधरी भागेर सिरहा आएकी हुन् ।लक्ष्मीलाई आफ्नै श्रीमान रत्नमनी चौधरीले घरनिकाला गरेका छन् । अहिले लक्ष्मी गुहार माग्दै लहानकी
महिला अधिकारकर्मी आशा पालसँग विगत आठ दिनदेखि बस्दै आएकी छन् । लहानमा पनि आएर मारिदिन्छ कि भन्ने डरले लक्ष्मी शान्ति सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी समेत दिइकी छन् ।
लक्ष्मीले आँखाबाट आशु चुहाउँदै भनिन्, ‘मदिरा सेवन गर घर आउने वित्तिकै कुट्न थाल्नुभो । खुकुरी निकालेर मार्न खोज्दा म भाँगे । तिमी जहाँ जान्छौ, त्यहा गएर मारिदिन्छु भनेर थ्रेट समेत दिनुभएछ ।’ ‘उहाँ (श्रीमान)ले पहिल्यैदेखि नै अर्को विहे गर्नु गर्छु भन्दै हुनुहुथ्यो’, लक्ष्मीले भनिन्, ‘ठिक छ विहे नै गर्नुहुन्छ भने मलाई नभगाउनुस् । मलाई न कुट्नुस् भनेको थिए । तर मंसिर २९ गते मदिरा पिएर कुट्दै घरबाट निकाल्नुभयो । म भागेपछि त जहाँ जान्छस्, त्यहाँ गएर मारिदिन्छु भन्दै लखेटेर मार्ने प्रयास समेत गर्नुभयो ।’ विगत लामो समयदेखि श्रीमानले दिनरात कुट्ने गरेको लक्ष्मीले बताउँछिन् । श्रीमानले दिनरात कुटपिट गर्दा शान्ति सुरक्षाका लागि उदयपुर प्रहरीमा समेत उजुरी दिएपनि कसैले वास्ता नगरेको उनले बताइन् । प्रहरी र स्थानीयलाई पैसा दिएर श्रीमानले मिलाई मेरो कुरा नै सुन्न नदिने गरेको उनको भनाई छ । घरबाट निकालिएका लक्ष्मीसँग खाना खाने र बस्ने पैसा समेत छैन् । भोक लाग्यो भने कोहीसँग मागेर खानु पर्ने अवस्था आएको छ । शरिरमा लगाएको लुगा बाहेक उनीसँग केहि छैन् । उनले भनिन्, ‘म आइ.एड.
पास गरेको छु । मलाई भाई छैन् । त्यसैले बुवाको भएजति सम्पति उहा (श्रीमान्लाई नै दिनुभएको छ । तर
मदिरा पिउदा पिउदै सबै जग्गा समेत बेचिसक्नु भयो ।’ चौधरी दम्पतीको दुई छोरा थिए । जेठाको दुई बर्ष अगाडी हत्या भईसकेको छ । सानो छोरा सुमित चौधरीलाई लक्ष्मीका श्रीमानले कब्जामा लिएका छन् ।
लक्ष्मीलाई विगत आठ दिनदेखि संरक्षण दिएर राखेकी लहानकी महिला अधिकारकर्मी आशा पाल भन्छिन्, ‘लक्ष्मी साह्ै अन्यायमा परेकी छन् । कम्तिमा यहाँका प्रहरीले उदयपुर प्रहरीसँग सहकार्य गरी घरमा बस्ने वातावरण बनाइदिनुपर्छ ।’ आजको साक्षी दैनिकमा खबर छ।

