आजबाट जिल्लाभरका विद्यालय सञ्चालनमा आउने
Advertise Here Book Now


शिक्षकमाथि दर्ता भएको मुद्दा फिर्ता लिने सहमति
सिरहा, ७ पुस । तीन शिक्षकमाथि दर्ता भएको सार्वजनिक मुद्दा फिर्ता लिने सहमति भएपछि दुई दिनदेखि
बन्द रहेको सिरहा जिल्लाभरका सामुदायिक विद्यालय भोलीबाट सञ्चालनमा आउने भएको छ ।
जिल्ला शिक्षा अधिकारी ओम बहादुर कटुवालको संयोजकत्वमा सोमवार विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष र शिक्षकहरुबीच भएको छलफलमा ६ बुंदै लिखित सहमति भएको हो ।
शिक्षकहरुमाथि दर्ता भएको मुद्दा फिर्ता लिने, विद्यालय व्यवस्थापन समितिले व्यवस्थापनको
जिम्मेवारी बहन गर्ने, प्रअले शैक्षिक प्रशासनिक जिम्मेवारी वहन गर्ने लगायतका ६ बुंदे सहमति भएको
शिक्षक फोरमका जिल्ला अध्यक्ष कासिन्द्र प्रसाद यादबले बताए । उनले मुद्दा फिर्ता लिने सहमति भईसकेकोले भोलीबाट विद्यालयहरु संचालनमा आउने बताए ।ब्रम्हान गोछारीस्थित माध्यमिक
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीले आफूलाई फोन गरी ज्यान मार्ने धम्की दिएको
भन्दै उक्त विद्यालयका निमित्त प्रअ नारायण साह, शिक्षक विहारी साह र लहान ९ स्थित प्रावि गोठका प्रअ
करुण यादब विरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा सार्वजनिक मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएपछि विवाद बढेको थियो । उक्त मुद्दा फिर्ता लिनुपर्ने भन्दै पेशागत शिक्षक संघ÷संगठनहरुले जिल्लाभरका सामुदायिक विद्यालय दुई दिनदेखि बन्द गराए । विद्यालय अचानक बन्द भएपछि जिल्लाका लाखौं छात्र छात्राहरु पठन–पाठनबाट दुई दिन बञ्चित भए । जिल्लाभरका विद्यालय बन्द भएपछि शिक्षा अधिकारी कटुवालले दुबै पक्षलाई सहमति गरी विद्यालय सञ्चालनमा ल्याउन दबाब दिएका थिए । शिक्षा अधिकारी कटुवालले छलफलपछि भने, ‘दुवै पक्षले आ आफ्नो जिम्मेवारी वहन गर्नुहोला । होइन् भने अबदेखि कानून बमोजिम कारबाही हुन्छ ।’आजको साक्षी दैनिकमा खबर छ। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्