शीतलहरका कारण मध्य तराईको जनजिवन प्रभावित
Advertise Here Book Now
सिरहा २०७१ मंसिर २१ आइतवार

विगतको तुलनामा केही दिनयता उच्च पहाडी र हिमाली ग्रामीण भेगमा चिसो ह्वातै बढेसँगै त्यसको प्रभाव जिल्लामा देखिएको हो । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्ने र खानपानमा ध्यान दिनुपर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।
जिल्ला अस्पताल फाप्लुमा अहिले दैनिक ४० देखि ५० जनासम्म बिरामी आउने गरेको जिल्ला अस्पताल फाप्लुका डा. सुचिता पुनले जानकारी दिए ।
यस्तै, मुगुको सदरमुकाम गमगढीबाट दुई दिनको पैदल दुरीमा रहेको मुगु गाउँका बासिन्दा हिउँदे याम सुरु भएसँगै बेंसी झर्न थालेका छन् ।
समुद्री सतहबाट तीन हजार ९ सय मिटरको उचाइमा रहेको यो गाउँमा मुगाल जनजातिको बहुलता छ ।
चिसो बढन थालेपछि मुगालहरु मुगु गाउँभन्दा न्यानो हुने सिरानी चौर, पिप्लाडी, चितै कुना, सदरमुकाम गमगढी, तराई र काठमाडाँैतिर अस्थायी बसाइँ सरेर गएको मुगु गाउँका छोरतेन लामाले बताए ।
मुगाल मात्र होइन चिसो बढेकाले मुगु गाउँमा रहेको नेपाल प्रहरीको सीमा सुरक्षा चौकी पनि शनिबारदेखि सदरमुकाम गमगढीमा सरेको छ ।
जाडो मौसम सुरु भएसँगै सिरहासहित मध्यतराईमा शीतलहर सुरु भएको छ ।
शीतलहरसँगै दुईदिनदेखि घाम नलागेका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।
राजमार्ग र सडकमा सवारी साधनको चाप कम हुन थालेको छ भने सर्वसाधारणको चहलपहल पनि घटेको छ । अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाट बाहिर निस्कन छाडेका छन् ।
शीतलहरबाट विशेष गरी दीर्घ रोगी, श्वासप्रश्वासका बिरामी एवम् पाँच वर्षमुनिका बालबच्चा बढी प्रभावित भएको जिल्ला जनस्वास्थ्य निरीक्षक प्रभाकर झाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले शीतलहरका कारण सर्वसाधारणको जनजिवन प्रभावित भएको उल्लेख गर्दै चोक चोकमा आगो ताप्न दाउराको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।
यसैगरी, सोलुखुम्बु जिल्लामा मौसम परिवर्तनसँगै बढेको चिसोका कारण बिरामीको सङख्या बढ्दै गएको छ ।
जिल्लाभित्रका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनियाका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइएको हो ।
चिसोका कारण माथिल्लो भेग तथा सदरमुकाम सल्लेरी आसपासका बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।