भारत फर्केर मोदीले नेपालका बारेमा यसो पो भनेछन्
Advertise Here Book Now

Narendra Modi Full Hd Wallpaper - srahir.tumbr.com (10)काठमाण्डु, १७ मंसिर– दोस्रोचोटि नेपाल आएकै दिन एमाओवादी र मधेसीको नामै किटेर बहुमतीय होइन, सहमतीय प्रक्रियामा जान कांग्रेस–एमालेलाई सार्वजनिक सल्लाह दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भने जुनसुकै सर्तमा माघ ८ गतेभित्रै नेपालमा संविधान जारी हुनुपर्ने प्रसंग कोट्याएका छन् ।
अस्ति सोमबार बिहान एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमै यस्तो सन्देश सुनाइएको हो ।
मोदीले दक्षिण भारतको एउटा कार्यक्रमलाई सम्बोधन गर्दा नेपाल मामिलाबारे उल्लेख गरेका रहेनछन् । सोही अवसरमा ओलीले सन्देशबाहकलाई बताए ,‘संघीयताको मामिलासहित संविधानका सबै विषय ८ माघभित्रै टुंगिन्छन्, नत्र त्यो काम अर्को आयोगले गर्नेछ ।’
यही प्रयोजनका निम्ति अर्को संविधानसभाको चुनाव नहुने पनि ठोकुवा गरे । उनको ठाडो प्रश्न थियो ,‘इण्डियामा संविधानसभा सफल भयो ? बिल्कुल भएन । बरु त्यसले पाकिस्तान जन्मायो । त्यो घाउ त्यत्तिकै निको भएन । बरु त्यसले बंगलादेश बन्ने गरी पाकिस्तान टुक्रायो ।’
रुसमा समेत संविधानसभाबाट पार नलाग्दा लेनिनले एकप्रकारको ‘कू’ नै गर्नुपरेको समेत सुनाउन भ्याए ।
ओलीको कठोर बाणी थियो, ‘बरु उत्तर–दक्षिण चिरेर एक प्रदेश थपिन्छ तर जातीय राज्य मरिगए मानिन्नँ ।’ ओलीले यो–यो कुरा समावेश हुने गरी ८ माघमै संविधान जारी गर्न राजी छौं भनेर हस्ताक्षर गराउने र सो कुरा मान्न तयार हुनेसँग मिलेर राष्ट्रिय सरकार बनाइनेसमेत बताए ।
‘एमाले फिक्स प्राइसवाला दोकान होइन, हामीले सात प्रदेशको निर्णय गर्‍र्यौं, संविधानसभामा लगेर त्यसलाई थपक्क टाँस्नलाई संविधानसभामा अरु पनि शक्ति छन्, त्यहाँ लेनदेन भएपछि सबै कुरा मिल्ने हो’, भन्दै उनले लचकताको संकेत समेत देखाएका छन् ।
जनआस्था साप्ताहिकबाट

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्