मनि चेन्जरबाट २ लाख ६० हजार रुपैया चोरी गर्ने पक्राउ
Advertise Here Book Now

जनकपुर २२ गते
धनुषा ज.न.पा ४ स्थीत क्याम्पस चोकमा रहेको आर.एस मनी चेन्जरबाट ६० हजार नगद रुपैया चोरी गदैगर्दा एक जनालाई प्रहरी चौकी हनुमान नगरले गए राति पक्राउ गरेको छ । प्रहरी चौकी हनुमान नगरबाट खटिएको प्रहरीको टोलीले क्याम्पस चोक स्थीत आर एस मनी चेन्जरको सटर र सेफको चावी नक्कनी बनाई नगद रु ६० हजार रुपैया चोरी गदै गर्दा धनुषा ज.न.पा वडा ४ बस्ने २३ बर्षिय रोशन कुमार ठाकुरलाई पक्राउ गरेको हो ।
साथीको मनी चेन्जरको सटर र सेफको नक्कली चावी बनाई गए राती अंदाजी ११:०० बजे मनी चेन्जरमा ताला खोली नगद रु ६० हजार रुपैया चोरी गरी भाग्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । ठाकुरले सोही मनी चेन्जरबाट गत हप्ता नक्कली चावीले नगद रु २ लाख रुपैया चोरी गरेको अनुसन्धानमा खुल्न आएका छ । ठाकुरले पटक पटक गरी २ लाख ६ं० हजार रुपैया चोरी गरेको थिए ।
क्याम्पस चोकमा डिटटीमा खटिएको प्रहरी टोलीले सटर खोलेको आवाज आएपछी खोजी गर्दा मनी चेन्जरबाट पैसा चोरी गरी भाग्न लागेका ठाकुरलाई पक्राउ गरेको हो । पक्राउ परेको ठाकुरको साथबाट प्रहरीले ३ थान नक्कली चावी , विआ ७ आर ६८३३ नम्वरको रातो अपाचे मोटरसाईकल बरामद गरेको छ ।
ठाकुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्