सभासद खडकाको शवयात्रामा उर्लियो जनसागर,हजारौँले दिए श्रद्धान्जलि (तस्बीर)
Advertise Here Book Now
बागलुङ २०७१ मसिर २३ । सभासद हरिबहादुर खडकाको पार्थिव शरीर यतिबेला अन्तिम दर्शनका लागि धौलागिरी बहुमुखी क्याम्पसमा राखिएको छ । स्व खडकाको शवलाई उनका छोराहरु, दाजुभााईहरुले कन्धा दिएपछी शुरु भएको शवयात्रा नेपाली काँग्रेस बागलुङले अन्तिम श्रद्धान्जलिकालागि आयोजना गरेको कार्यक्रम स्थल धौलागिरी क्याम्पस प्रांगणमा पुराई राखिएको हो ।
यतिबेला क्याम्पस प्रांगणमा स्व खड्काप्रति अन्तिम श्रद्धान्जलि अर्पण गर्न मानव सागरनै उर्लिएको छ ।
श्रद्धान्जलि स्थलमा नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले स्व खडकाको पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा ओढाई सम्मान दिएका थिए । उपसभापति पौडेलले पुष्पमाला चढाएर अन्तिम श्रद्धान्जलि पनि दिए ।
सोही कार्यक्रममा सभासदहरु प्रकाश पौडेल, रत्ना शेरचन, ज्ञानकुमारी छन्त्याल, नेका केन्द्रिय सदस्य एवं सभासद शंकर भण्डारीले खडकाको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जलि दिएका थिए ।
सो श्रद्धान्जलि कार्यक्रममा नेपाली काँग्रेसका हजारौँ हजार नेता कार्यकर्ता, दाजुभाई, इष्टमित्र शुभचिन्तक, जिल्लावासी सर्वसाधारणले स्व खडकाप्रति अन्तिम श्रद्धान्जलि अर्पण गरिरहेका छन ।
श्रद्धान्जलि कार्यक्रम समापन भएपछि सभासद खडकाको पार्थिव शरीरलाई अन्त्यष्टिका लागि गण्डकी लगिने कार्यक्रम छ ।















