बलात्कारका दुई जनाआरोपीलाई अदालतद्वारा सफाइ
Advertise Here Book Now


प्रेम विवाह गरी श्रीमान फरार भएपछि बिच्चलीमा रितुसिरहा, ४ पौष (साक्षी)– बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका
दुईजनालाई बिहीबार जिल्ला अदालत सिरहाले सफाइ दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले
बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिरहाको सिलोर्वा पछवारी
गाविस वडा नं ९ निवासी १८ वर्षीय चन्द्रप्रकाश यादव र सोही ठाउँका २२ वर्षीय मरिचमान पासवानलाई सफाइ दिएको हो ।
अदालतमा पीडितले दिएको बयान र सो बयानअनुसारको प्रमाण
नपुगेको भन्दै अदालतले दुवैजनालाई सफाइ दिएको जिल्ला सरकारी
वकिल कार्यालयका सहायक वकिल हेमचन्द्र रेग्मीले जानकारी दिए ।
गत भदौ ४ गते खेतमा काम गर्न गएकी १५ वर्षीया बालिकालाई
बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका दुवै जना गत असोज २
गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्