विष्णुपुरकट्टीमा अवैध गाजा फडानी
Advertise Here Book Now

सिरहा, ४ पौष (साक्षी)– प्रहरीले
सिरहाको विष्णुपुरकट्टी गाविसमा
शुक्रवार अवैध गाँजा खेती फडानी
गरेको छ । ईलाका प्रहरी कार्यालय
लहानका प्रहरी निरीक्षक सन्तोष
निरौला र ईलाका प्रहरी कार्यालय
विष्णुपुरकट्टीका संयुक्त प्रहरी
टोलीले गाँजा फडानी गरेको हो ।
विष्णुपुरकट्टी गाविसको वडा
नम्बर ८ र ९ स्थित करिब ५ कट्ठा
जग्गामा लगाएको एक हजार एकसय बोट गाँजा फडानी गरि
स्थानीयको उपस्थितिमा जलाइएको
जनाएको छ । गृहमन्त्रालयको
निर्देशनपछि प्रहरीले गाँजा फडानी
अभियानमा जुटेका छन् ।


