राष्टपतिबाट उद्घाटनका लागि तयार ज्ञानकूप
Advertise Here Book Now


आइतबार, पौष ६, २०७१
जनकपुर । राष्टपति डाक्टर राम बरण यादबले जनकपुरको एकसय वर्ष पुरानो याज्ञब्ल्क्य संस्कृत विद्यालयको आज उद्घाटन गर्नेछ । नवनिर्मित भवन झण्डै १ करोड ७४ लाखको लागत्मा निर्माण भएको छ । नेपाल सरकार, शिक्षा बिभाग, जिल्ला शिक्षा कार्यालयको लगानीमा निर्मित तीनै भवनको शिलान्यास राष्टपति डाक्टर यादबले ७ बैशाख, २०६९ मा गरेका थिए ।
दुई दिने भ्रमणको लागि आईतबार अपरान्ह जनकपुर आएका राष्टपति यादबले सोमबार बिहान १० बजे भवनको उद्घाटन सागै याज्ञब्ल्क्य, मोनिबाबा र षतानन्दको शालीकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको विद्यालयका प्रअ संजय कुमार झाले जनाएका छन् । झाका अनुसार एक घन्टे कार्यक्रमका लागि संस्कृत विद्यालय पुग्ने राष्टपति यादबलाई विद्यालयबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । एकवर्षमा निर्माण गरिएको दुईवटा भवन र विद्यालय चारैतिरको पर्खालको समेत राष्टपति यादबले अनुगमन, नीरिक्षण गर्नेछन् । त्यसपछि राष्टपति यादबले आफ्नो मन्तब्य राखेर विदा हुनेछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्