राष्टपतिलाई धनुषा प्रबेशमा रोक लगाउन माग
Advertise Here Book Now
जनकपुर । चुरे संरक्षण संघर्ष समितिले राष्टपति तराई मधेस चुरे संरक्षण बिकास समितिलाई खारेज गर्न मााग गरेको छ । उसले जनतालाई उठीबास लगाउने चुरे संरक्षण बिकास समिति यथाशिघ्र खारेज नगरिए हदैसम्मको बिरोधमा उत्रिने चेताबनी दिएको छ । धनुषाको ढल्केबरमा आज आयोजित बिरोध सभामा सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरुले समिति खारेज नगरिए राष्टपतिको धनुषा प्रबेशमा रोक लगाउने चेताबनी दिएको छ ।
सरकारमा सहभागि नेकपा एमालेका सभासद र सामुदायिक वन उपभोक्ता महासंघको महासचिबको सहभागितामा भएको बिरोध सभामा संघर्ष समितिले बिकास समिति खारेज नगरिए राष्टपतिको प्रबेशमा रोक लगाईने जनाएको छ ।
बिरोध सभामा नेकपा एमालेका सभासद शत्रुध्न महतोले अषाढ २ गते सरकारले गठन गरेको चुरे संरक्षण बिकास समिति अन्तर्राष्टिय दातृ निकायको ईशारामा गठन गरिएको दाबी गर्दै सरकारको आलोचना गरे । उनले बिकास समिति खारेज नगरिए अरु सभासद आफ्नो समर्थन गरे नगरे आफू एक्लैले ब्यवस्थापिका संसद अबरुद्ध गर्ने चेताबनी दिए ।

सामुदायिक वन उपभोक्ता महासंघकी महासचिब भारती पाठकले समितिका अध्यक्ष रामेश्वर खनालले बिभिन्न प्रलोभन दिएर चुरे क्षेत्रमा बसोबास गर्दै आएका सर्वसधारणलाई उठीबास लगाउन लागेको आरोप लगाईन् । महासंघ धनुषाको अध्यक्ष सोम शर्माले जनताको बासको उचित ब्यवस्था नमिलाई सरकारले चुरे संरक्षणको नाउामा ल्याउने उठीबासको योजनाको कडा प्रतिरोध गर्ने चेताबनी दिए ।