जानकी मेडिकल कलेजका चालक हतियार सहित पक्राउ
Advertise Here Book Now

जनकपुरधाम, मंसिर-१४
प्रहरीले धनुषाको रमदैया भवाडीमा रहेको जानकी मेडिकल कलेजका चालकलाई हतियार सहित नियन्त्रणमा लिएको छ। कलेजमा चालकको रुपमा कार्यरत रहेको सुशिल यादव हतियार सहित पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार यादवलाई जनकपुर-१४ रजौल स्थित उनको घरबाट पक्राउ गरिएको हो । यादवले लुकाई छिपाई राखेको अवस्थामा एक थान पेस्तौल, एक थान गोलीको खोका, दुई थान चक्कु बरामद भएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा प्रहरीको विशेष टोलीले यादवलाई पक्राउ गरेको र हातहतियार खरखजाना मुद्दा चलाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यता जिल्लाको बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध मदिरा प्रहरीले नष्ट गरेको छ। मातहतका वडा प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयले बिभिन्न मितिमा नियन्त्रणमा लिएको ४५० लिटर अवैध मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्