फेसबुक ‘पोलिसी’मा के- के हुँदैछ परिवर्तन ?
Advertise Here Book Now
विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले १ जनवरी २०१५ देखि आफ्ना नियममा परिवर्तन ल्याउने तयारी गरेको छ ।
प्रयोगकर्ताका अकाउन्टमा यसबारे नोटिफिकेसन पठाइसकेको छ । ‘नियम, सर्त र पोलिसिमा परिवर्तन आउँदैछ’, उसले भनेको छ ।
फेसबुक प्रयोग गर्नको लागि अब उसले टिप्स दिने र गाइड गर्ने समेत उल्लेख गरेको छ । प्रयोगकर्ताको सूचनामा उसले कसरी नियन्त्रण गर्छ भन्नेबारे पनि बताएको छ। जस्तैः तपाइँ अनट्यागिङ, अनफ्रेण्ड र व्लकिङको बारे जान्न सक्नुहुनेछ ।
यति मात्र होइन आफ्नो हरेक पोष्टको लागि अडियन्स तय गर्न पनि सक्नुहुन्छ । आफ्ना पोष्ट कसलाई हेर्न दिने वा कसलाई नदिने फेसबुकले सिकाउनेछ। यो जानकारी विश्वका ३६ भाषामा उपलब्ध हुने फेसबुकले जनाइएको छ ।
फेसबुकको नयाँ नियमअनुसार उसले तपाइँलाई आवश्यक पर्ने जानकारी उपलब्ध गराउनेछ। यो जनकारी प्रयोगकर्ताको लोकेसन ट्रयाक गरेका आधारमा दिइनेछ । उदाहरणको लागि फेसवुकमा आफ्नो लोकेसन सेयर गरेपछि अकाउन्टमा उक्त ठाउँ वरपरका रेस्टुरेन्ट, सिनेमा हल, पुस्तकालय आदिको जानकारी पाउनुहुनेछ ।
फेसवुकले ‘बाइ’ बटनको परिक्षण गरिरहेको छ । यसबाट उसले अनलाइन सपिङ सुरु गर्न लागेको प्रस्ट हुन्छ । बाइ बटन प्रयोगमा आए फेसबुक प्रयोगकर्ताले लगआउट नगरिकनै किनमेल गर्न सक्नेछन् । यसको साथै फेसवुक मनी ट्रान्जेक्सनलाई सहज बनाउनका लागि केन्द्रित देखिएको छ ।

