क्यासिनोमा हारेपछि आफै काम गर्ने बैँकको ६ करोड कुम्ल्याउने डंगोल पक्राउ
Advertise Here Book Now
सन् २००४ देखि २०१२ सम्म ८ वर्ष सुवाल हिमालयन बैङ्कमा काम गर्थे। सुवालले बैङ्कको सिस्टमबाटै ५ करोड ७५ लाख ४८ हजार २ सय ५० रुपैँया निकालेका थिए।
आइटीमा इन्जिनियरिङ गरेका सुवाल बैङ्कको कार्ड सेक्सनमा सहायक प्रबन्धकको रुपमा कार्यरत थिए। उनले बैङ्कको ग्राहकको नभई सिस्टमबाट रकम झिकेका थिए।
क्यासिनोको लतले डुबायो
२००४ देखि बैङ्कमा जागिरे रहेका सुवाल २००८ देखि क्यासिनोको लतमा फसेका थिए। क्यासिनोमा रकम हार्न थालेपछि सुवालले आफैँले बनाएको सफ्टवेयर दुरुपयोग गरेका थिए। सुवालले क्यासिनोमा मात्र पचास लाख रकम सिध्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ।बैङ्कका केही शाखाहरुले 'भिसा मास्टर रिसिभेबल अकाउन्ट'को हिसाब मिलान समस्या देखिएको भन्दै २०६९ साल भदौ २८ गते कार्ड सिस्टम चेक गर्न लगाएका थिए।
सुवाल बिदामा रहेका कारण कार्ड सेक्सनकै गिरिशराज पाण्डेले बैङ्किङ डाटा चेक गर्दा सुवालकी श्रीमती निलु शर्मा सुवालको हिसाब नमिलेको भेटिएको थियो।
बैँकका अन्य कर्मचारीको पनि मिलेमतोको शंका
प्रहरीले सुवाललाई बैङ्किङ कसुरमा मुद्दा चलाउने जनाएको छ। सुवाललाई ४५ दिन हिरासतमा राखेर थप अनुसन्धान गरिने अपराध महाशाखा प्रमुख पुष्कर कार्कीले बताए।सुवालसँग बैङ्कका अन्य कर्मचारीको मिलेमतो रहेको हुनसक्ने देखिएकाले थप अनुसन्धान भइरहेको कार्कीले बताए।
सुवालविरुद्ध बैङ्कका मानव संसाधन विभागका कपिलप्रसाद लोहनीले जाहेरी दिएका थिए। उनी लामो समयसम्म भारतमा लुकेर बसेका थिए। प्रहरीले सुवाललाई मोस्ट वाण्टेडको सुचीमा राखेको थियो।
श्रीमती तथा आफ्नो नाममा रहेको विभिन्न ८ वटा एटिएम कार्ड प्रयोग गरी सुवालले पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
डंगोलबाट बरामद ल्यापटप र हार्डडिस्क।
- CREDIT:पहिलोपोस्ट

